प्रचण्ड र बाबुराम प्रतिक्रियावादीका नया जोगीहरू हुन् — हरिभक्त कडेल ‘प्रतिक’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

२०६९ माघ ५ गते, शुक्रबार

० राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दिएको छैठौ पटकको समय पनि सकिएको छ, अझै सहमति कायम हुन सकेको छैन, अब मुलुक कसरी अगाडि बढ्छ ?

मुलुक संकटपूण अवस्थाबाट गुजि्ररहेको छ । मुलुकलाई यो अवस्थामा पुर्‍याउन आफूलाई मुख्य दल ठान्ने शक्तिहरू नै दोषी छन् । उनीहरूको विगतको कार्य नै यो संकटको मुख्य कारक हो । जब संविधानसभाको अवसान गराउने काम भयो, त्यहादेखि मुलुक गम्भीर राजनीतिक संकटमा फस्यो । पछिल्लो समय राष्ट्रपति स्वयम् पनि असफल भइसकेका छन् । उनी पुरानै संसदीय परिपाटीलाई निरन्तरता दिन चाहन्छन् । जसबाट निकास सम्भव छैन भन्ने प्रस्ट हुादै गएको छ । हाम्रो राजनीतिमा भारतीय विस्तारवाद हावी छ । यो कुरा सबैले स्वीकार्नैपर्छ । भारतले नचाहेसम्म प्रधानमन्त्री परिवर्तन हुने कुनै सम्भावना छैन । विगतमा पनि सत्रौा पटकसम्म रामचन्द्र पौडेल चुनाव लड्दा प्रधानमन्त्री हुन नसकेकै हो । त्यतिबेला भारतले चाहिदिएको भए प्रधानमन्त्री बन्थे, अहिले पनि भारतले आफू अनुकूलको पात्र खोजिरहेको छ ।

० अबको निकास के होला त ?

यही परिस्थितिमा निकास निस्कन सक्दैन । बाबुराम नै प्रधानमन्त्री रहिरहन्छन् ।

० तपाईंको पार्टीको भूमिका निकासको लागि कस्तो रहन्छ त ?

वर्तमान संकटको निकासको लागि नयाा प्रकारले राजनीतिक सहमति गर्नुपर्छ । अहिले राष्ट्रिय स्वाधीनताको प्रश्न धेरै गम्भीर बनेर आएको छ । कुनै पनि निर्णय स्वतन्त्र ढङ्गले लिन नसक्ने अवस्थामा नेताहरू पुगिसकेका छन् । त्यसकारण राष्ट्रवादी, देशभक्त, गणतन्त्रवादी, वामपन्थी शक्तिहरूको नयाा समीकरण हुनु जरुरी भएको छ । यही प्रक्रियामा प्रधानमन्त्रीको निरन्तरताको कुनै औचित्य छैन । नयाा शिराबाट समाधान खोज्ने हो भने त्यो प्राप्त हुन सक्छ । यही तरिकामा अगाडि बढ्न खोज्ने हो भने समाधान निस्कादैन । अब अन्तिम विकल्प भनेको आन्दोलन नै हो । आन्देालनको बलबाट मात्र समाधान निस्कन सक्छ । इतिहासकै जनघाती, राष्ट्रघाती प्रधानमन्त्रीका रूपमा चिनिएका बाबुराम भट्टराईलाई जनआन्दोलनले मात्र पाखा लगाउन सक्छ ।

० प्रधानमन्त्री त जनमतकै लागि वैशाखमा निर्वाचन गराउा भनिरहेका छन् नि होइन र ?

यो भनाई ‘मेरो गोरुको बाह्रै टक्का’ भनेजस्तो भयो । जुन प्रधानमन्त्री राष्ट्रिय स्वाधीनता र हित अनुकूल चलेका छैनन् । संविधानको कुनै दायराभित्र नरहेका प्रधानमन्त्रीले निर्वाचन गराउने कुरै भएन । संविधानसभाको विघटन गराएर बाबुराम भट्टराईले धेरै ठूलो कुकर्म गरेका छन् । यो कुकर्ममा अन्य दलसमेत सामेल छन् । यो कुकर्म गर्ने शक्तिहरूले हामीले हिजो ठूलो गल्ती गर्‍यौ भन्न सक्छन् कि सक्दैनन् भन्ने मुख्य प्रश्न हो । मुलुक यतिबेला अराजकता, फाासीवादतर्फ गइरहेको छ । यो मुलुकको लागि ठूलो दुर्भाग्य हो । मुलुक भुटानीकरण, फिजीकरण हुादै सिक्कीमीकरणको दिशामा अघि बढिरहेको छ । यसको नेतृत्व वर्तमान सत्ता गठबन्धनले गरिरहेको देखिन्छ ।

० अहिले फेरि संविधानसभा पुनस्र्थापनाको कुरा उठिरहेको छ नि ?

यी वाहियात कुरा हो । संविधानसभा पुनस्र्थापनाले कुनै संकट समाधान हुन सक्दैन । राजनीतिक सहमति ननिकाली जुनसुकै विकल्पमा गए पनि त्यसबाट निकास सम्भव छैन । राजनीतिक दलहरूमा दलाली मानसिकता जुन छ, त्यसको अन्त्य नभएसम्म संकटहरू देखा परिरहन्छन् । एउटा ऐतिहासिक छलाङ मार्ने हिम्मत हुनुपर्छ । त्यो हिम्मत आफूलाई प्रमुख शक्ति ठान्ने दलहरूसाग छैन । यिनीहरू सबै लोभीपापी, भ्रष्टहरूको जमात हुन् । को, कति लोभीपापी भन्ने प्रतिशतमा फरक होला तर दृष्टिकोणमा फरक छैन । अहिले देश र जनताको पक्षमा सोच्ने पार्टी नै देखिएन । त्यसकारण हामीले नयाा शिराबाट सोच्नुपर्छ । त्यसको लागि गोलमेच सभामा जानुपर्छ । त्यसबाट निकास निस्कन्छ । बाह्र बुादे सहमतिको औचित्य समाप्त भएको छ । संविधानसभा ब्युाताएर निकास निस्कन्छ भन्ने ग्यारेन्टी नभएसम्म त्यसको कुनै औचित्य छैन ।

० मुलुक संकटपूर्ण अवस्थाबाट गुजि्ररहेको छ, निकासको कुनै सम्भावना देखिादैन, विदेशी सलबलाहट पनि बढिरहेको छ, अबको निकास के त ?

मुलुकलाई निकास दिन क्रान्तिकारीहरूबीच ध्रुवीकरण जरुरी छ । क्रान्तिकारी र प्रतिक्रान्तिकारीको ध्रुवीकरण यहाा अनिवार्य बनेर आएको छ । जनता परिवर्तनको पक्षमा छन् । प्रतिक्रियावादी शक्तिहरू अत्तालिएको अवस्था छ । प्रतिक्रियावादी कित्तामा पछिल्लो समय नयाा जोगीहरू प्रचण्ड, बाबुरामसमेत समाहित भएका छन् । यथास्थितिवादी र प्रतिगमनकारी शक्तिबीच एकताको सम्भावना छ । षड्यन्त्रको राजनीति बढेर गएको छ । तथापि षड्यन्त्रको राजनीतिले कुनै निकास दिादैन । त्यत्रो संघर्षपूर्ण इतिहासबाट प्राप्त संविधाननसभाले त जनतालाई संविधान दिन सकेन भने अब ब्युाताएको संविधानसभाले संविधान दिने कुनै ग्यारेन्टी छैन ।

० यही अवस्थामा तपाईंहरूको पार्टीको महाधिवेशन पनि नजिकिादै गएको छ, के भइरहेको छ तयारी ?

पार्टीको सातौा महाधिवेशनको व्यापक तयारी भइरहेको छ । गाउा, जिल्ला, राज्यका अधिवेशनहरू सम्पन्न भइसकेका छन् । केही राज्यका अधिवेशन मात्र बााकी रहेको छ । आन्तरिक तयारी सम्पन्न भइसकेको छ । यतिबेला महाधिवेशनको तयारी क्लाइमेक्समा पुगेको छ ।

० महाधिवेशन पछि तपाईंहरूको कार्यदिशा कस्तो हुन्छ ?

हामी पार्टीको आगामी कार्यदिशा छलफलकै क्रममा छ । हामी क्रान्तिका अधुरा कार्यभार पूरा गर्ने गरी कार्यदिशा र कार्यनीति अगाडि ल्याउाछौा । कार्यनीतिलाई पूरा गर्ने गरी आगामी निकट भविष्यमै गठन हुने केन्द्रीय समितिले कार्ययोजना बनाउने छ ।

० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

पुरानो ठाउाबाट सोचेर निकास सम्भव छैन । अब नयाा शिराबाट सोच्ने र राष्ट्र बचाउनेतर्फ सबैको ध्यान जान जरुरी छ । मुलुकमा देशभक्त, गणतन्त्रवादीको मोर्चा बन्न जरुरी छ । अहिले पार्टीभन्दा माथि उठेर देश र जनताको लागि सोच्नु आवश्यक छ । देशै नरहे कहाा राजनीति गर्ने, कहााको नेता बन्ने ? तमाम राष्ट्रघात, जनघातका विरुद्ध नयाा योजनाका साथ अघि बढ्न म सम्पूर्ण जनसमुदायलाई अपिल गर्न चाहन्छु ।

प्रतिक्रियाहरु