प्रधानमन्त्री र दाहालले वार्ता गर्ने

२०६९ माघ ५ गते, शुक्रबार

काठमाडौ, माघ ४ –
एमाओवादीले युरोपेली युनियन, अमेरिका र अस्टे्रलियालगायत काठमाडौंस्थित मिसनका प्रतिनिधिसँग पत्रकार डेकेन्द्र थापाको मुद्दा र सत्य निरूपण तथा मेलमिलाप आयोग लगायत विषयमा छलफल गर्ने भएको छ । विदेश विभागका तर्फबाट पठाइएको पत्रमा एमाओवादीबाट प्रधानमन्त्री बाबुराम भट्टराई, अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र विदेश विभाग प्रमुख राम कार्की सहभागी हुने जनाइएको छ । बिहान साढे ९ बजे लाजिम्पाटस्थित सांगि्रला होटलमा हुने बैठकमा भट्टराई र दाहालले सत्य निरूपण तथा मेलमिलाप आयोग बनाउनमा सघाउन आग्रह गर्नेछन् ।

स्रोतका अनुसार युरोपेली युनियनका तर्फबाट गम्भीर फौजदारी अपराधमा संलग्न भएकालाई समेत आम माफी दिने अध्यादेशका प्रावधानप्रति असन्तुष्टि व्यक्त भइरहेका बेला ती लगायतका प्रावधानमा संशोधन गर्न तयार रहेको जानकारीसमेत गराउने छन् । वर्तमान सरकार र एमाओवादी प्रजातान्त्रिक मान्यताबाट पछि नहटेको, अन्तर्राष्ट्रिय मानव अधिकारका प्रावधानप्रति प्रतिबद्ध रहेको जस्ता मुद्दामा आश्वस्त पारी सरकारलाई सहयोग गर्न आग्रहसमेत गर्नेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु