हामी माओवादी नै भइराख्छौ कि राख्दैनौ भन्ने कुरा यही महाधिवेशनले फैसला गर्दछ – प्रकाण्ड

२०६९ माघ ३ गते, बुधबार


Prakanda ० राष्ट्रपतिले सहमतिको सरकार निर्माण गर्न नवौ पटक समयसीमा तोकेका छन्, अझै सहमति हुने छाट देखिादैन के भन्नुहुन्छ ?

राष्ट्रपतिको समयसीमा तोक्ने कामको कुनै औचित्य छैन ।

० अब कसरी अगाडि बढ्ने त ?

क्रान्तिकारी, परिवर्तनकामी राजनीतिक पार्टीको पहलकद्मीमा अहिलेको देशको संकटकालीन स्थिति, देशको मुख्य मुद्दाको विषयमा राष्ट्रिय रुपमा बहस गरेर आधारभूत रुपमा साझा धारणा बनाउनुको विकल्प छैन । हाम्रो महाधिवेशनपछि अहिलेको संकटको निकासको पहलकद्मी लिन हाम्रो पार्टीको विकल्प नरहेको औचित्यता राष्ट्रपतिको पछिल्लो म्याद थपले पुष्टि गरेको छ ।

० पार्टीको महाधिवेशन जारी छ, कार्यकर्ताले कस्ता मुद्दा उठाएका छन् ?

साथीहरुको विचार सुन्दा जताबाट व्याख्या गरे पनि त्यसको सार एउटै छ । क्रान्तिको बााकी अभिभारा पूरा हुनुपर्‍यो । त्यसको निम्ति क्रान्तिकारी अथवा सर्वहारावादी विचार सुस्पष्ट हुनुपर्‍यो । क्रान्तिकारी राजनीतिक र फौजी कार्यदिशा तय गरिनुपर्‍यो । त्यसको निर्देशनमा चल्ने सच्चा क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्‍यो । अहिलेको संकटले देश र जनतालाई असीमितरुपमा सतायो, यसको निम्ति पार्टीले तुरुन्तै संघर्षबाट पहल लिनुपर्‍यो भन्ने रुपमा नै विचारहरु आएका छन् ।

०     पार्टीले चाहिा कस्तो कार्यदिशा तयार गर्ला ?

माक्र्सवाद, लेनिनवाद, माओवादको दृष्टि नै पार्टीको निर्देशक सिद्धान्तको रुपमा स्पष्ट गर्न चाहन्छौा, यस महाधिवेशनबाट । केन्द्रीय समितिको सोचाइ र महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकहरुको सोचाइ एउटै भएको छ । अर्को, कार्यदिशाको दृष्टिले, राजनीतिक कार्यदिशाले नेपाली जनताको जनवादी गणतन्त्रको कार्यदिशालाई हामीले अगाडि सारेका छौ । फौजी कार्यदिशा, सैनिक कार्यदिशाको दृष्टिले नेपालका श्रमजीवी जनताको राज्यसत्ता निर्माण र प्राप्तिसम्बन्धी आवश्यकता, अर्को नेपाली क्रान्तिको आˆनै विशेषता, नेपाली क्रान्तिको अहिलेको स्थिति, हाम्रो पार्टीको आˆनो स्थितिको ठोस रुपमा विश्लेषण गरेर क्रान्तिकारी फौजी कार्यदिशा पनि तय गर्न चाहन्छौ । जसले विद्यमान दलाल, नोकरशाही वर्गको सट्टा जनताको जनवादी राज्यसत्ता र जनवादी व्यवस्था स्थापित गरोस् ।

०     तपाईंहरु जनयुद्धको जगमा जनविद्रोह भन्नुहुन्छ, जनयुद्धका जगहरु भत्किइसकेका छन्, के अब तपाईंहरु जनयुद्धको जग निर्माणतिर लाग्नुहुन्छ ?

अहिले नेपालको क्रान्तिलाई पूरा गर्न सुस्पष्ट फौजी कार्यदिशा अर्थात् सैन्य कार्यदिशा जरुरी छ । यसको निम्ति कार्यनीतिको दृष्टिले एक पटक टेबलबाट बहस गर्ने कोसिस हुन्छ । तर, त्यो एकदम नकारात्मकरुपबाट अगाडि बढिरहेको छ । तर, राज्यसत्ताको प्रश्नलाई केन्द्रभागमा राखेर हेर्दा जनताको बल प्रयोगको अनिवार्यता हुन्छ । त्यसलाई इन्कार गर्ने कोही पनि हुादैन । त्यो बल प्रयोगको निम्ति विगतमा जनयुद्धले खडा गरेका आधारहरु भत्काइएका छन् । क्रान्तिलाई निणर्ायक बनाउन प्रचण्ड, बाबुरामले भत्काएका जनयुद्धका स्थापित आधारहरुलाई नयाा ढङ्गले पुनर्गठित गर्न जरुरी छ ।

०     भनेपछि तपाईंहरु जनविद्रोह भन्दै जनयुद्धकै तयारीमा हुनुहुन्छ ?

होइन, जनयुद्धको तयारी होइन । कार्यदिशाको दृष्टिले अन्त्यमा जनताले आˆना भाग्यको फैसला आफैा गर्ने हो । अहिले जनताले राजनीतिक पार्टीलाई जिम्मा दिएका छन् । राजनीतिक पार्टीहरुले जिम्मेवारी पूरा गर्न सकिरहेका छैनन् । अन्तिममा जनताले आफैा फैसला गर्नेवाला छन् । अहिले नेपालमा क्रान्तिको जुन स्थिति छ, त्यो कोणबाट हेर्दा हामीले केन्द्रीय सत्ताको फैसला गर्ने हो । यसैको निम्ति अहिले जनयुद्धको कुरा होइन । जनयुद्धको लागि आधार चाहिन्छ, किनभने विगतमा जनयुद्धले जुन मूल्य, मान्यता खडा गरेको छ, त्यसको रक्षा गर्नु हाम्रो दायित्व हो । तर, अहिले केन्द्रीय सत्तालाई बदल्ने सवालमा जनताको एउटा ठूलो आन्दोलनको आाधीबेहरीको जरुरी छ, त्यसलाई जनविद्रोहको दृष्टिले सम्बोधन गर्नुपर्छ । जनविद्रोह जनताको चाहनाको कुरा होइन, बाध्ताको कुरा हो । दलालहरुको दिनप्रतिदिनको यातना जनताहरु सहेर बस्नेवाला छैनन् । त्यस्तो स्थिति सिर्जना नगरौ भन्ने हाम्रो माग हो । दस वर्षे जनयुद्ध र १९ दिने जनआन्देालनका राजनीतिक उपलब्धिहरुलाई स्थापित गरौा । जनताको संविधान बनाऔा, अग्रगामी अभ्यासहरु गरौ भन्दा त्यसका विरुद्ध सबै दलालहरु मिलेर षड्यन्त्र गर्छन् भने हामी चुप लागेर बस्नेवाला छैनौ । हामी जनतालाई अपिल गछौै, यी दलालहरुको विरुद्ध संघर्ष थाल्नुहोस्, हामी यसको नेतृत्व लिन तयार छौा ।

०     दस वर्षे जनयुद्धले पनि गर्न नसकेको परिवर्तन जनविद्रोहबाट कसरी सम्भव होला ?

दस वर्षको जनयुद्धले गर्न नसकेको परिवर्तन होइन । दस वर्षको जनयुद्धले परिवर्तनलाई सुनिश्चित गर्दै थियो, त्यही बेला प्रचण्ड, बाबुरामहरुले प्रतिक्रान्ति गरेका मात्र हुन् । त्यही बााकी भएको क्रान्तिलाई पूरा गर्नु अहिले हाम्रो दायित्व हो ।

०     तपाईंकै पार्टीभित्र फेरि प्रचण्ड, बाबुराम नजन्मेलान् भन्ने के ग्यारेन्टी छ ?

सैद्धान्तिकरुपले जन्मिन सक्छन् । त्यो जन्मिने दुईवटा कारण हुन्छन् । एउटा वस्तुगत, अर्को आत्मगत । अहिले हाम्रो पार्टीमा प्रतिक्रान्तिकारी चिन्तन हर्कतविरुद्ध लडेर आएको नेतृत्व छ, त्यसकारण अहिले नै यसले प्रतिक्रान्ति गर्छ भन्ने आत्मगत दृष्टिले पनि सम्भव छैन । अर्को कुरा परिस्थितिको अनुकूलता र प्रतिकुलतामा मात्र होइन । सचेत ढङ्गले यो नेतृत्व नेपालमा जनवादी क्रान्तिलाई पूरा गरेर समाजवाद हुादै साम्यवादमा पुर्‍याउने दर्शनहरुद्वारा निर्देशित छ । त्यसकारण यो नै सबभन्दा ठूलो आधार हो । प्रतिक्रान्तिबाट गम्भीर शिक्षा लिएर आएको पार्टी भएकोले नै यो प्रस्ट छ । अर्को, कुनै पनि नेता सधैा क्रान्तिकारी भइरहन्छ भन्ने ग्यारेन्टी छैन । एक पटक क्रान्तिकारी हुनसक्छ, जस्तै प्रचण्ड । कुनै बेला जनयुद्ध सुरु गरेका प्रचण्ड, पछिल्लो चरणमा त्यही जनयुद्धको घाटी रेट्ने उहि प्रचण्ड । यस्तो हुनसक्छ, यसलाई कसरी रोक्ने भन्ने हो । यसलाई रोक्नका लागि पार्टीभित्र निरन्तररुपमा क्रान्तिको सिद्धान्तलाई पार्टी लाइन र पार्टी निर्माणमा दृढतापूर्वक लागू गर्ने नेताहरुको समूह खडा गर्नु नै प्रतिक्रान्तिलाई रोक्ने र जनता र कार्यकर्तालाई भोलि प्रतिक्रान्ति हुादैन भन्ने बलियो आधार हो । हाम्रो पार्टीर्को अहिलेको नेतृत्वले लड्दा नै प्रचण्डको असाध्यै खतरनाक प्रतिक्रान्तिमाथि विजय हासिल भएको छ । पार्टीभित्र प्रतिक्रान्तिकारी चिन्तन र पात्रलाई पार्टीले बेलैमा चिनेर पाखा लगाउन सक्नुपर्छ । यसो भएमा मात्र प्रतिक्रान्तिलाई रोक्न सकिन्छ ।

०     महाधिवेशनमा सहभागी भएका प्रतिनिधि, पर्यवेक्षकलाई केही भन्न चाहनुहुन्छ ?

हाम्रो महाधिवेशनको उद्घाटन कार्यक्रमदेखि नै हाम्रो भाइचारा पार्टीका प्रतिनिधिहरु हामीलाई शुभकामना दिन आउनुभएको छ । उहााहरुले आˆनो विचारहरु व्यक्त गरिरहनुभएको छ । उहााहरुको विचार सुन्दा अन्तर्राष्ट्रिय जनताको भावना सुन्दा हाम्रो पार्टी र हाम्रो महाधिवेशन सजिलो स्थितिमा सम्पन्न हुादै छैन । सामान्य स्थिति छैन, विशिष्ट स्थिति छ । यस्तो बेलामा हाम्रा प्रतिनिधि पर्यवेक्षकहरु खुलारुपमा माक्र्सवादी बहसमा लाग्नु जरुरी छ । आˆनो जनवादको उच्च प्रयोग गर्न जरुरी छ । यसबाट क्रान्तिकारी लाइन र माक्र्सवादी विचार यो महाधिवेशनबाट विकास गर्न जरुरी छ । यसपछि क्रान्तिकारी नेतृत्वको कुरा छ, त्यो तय गर्नुपर्छ । यसपछि हामी कार्यान्वयन तहमा जान्छौ, प्रयोगमा जान्छौा । त्योभन्दा अगाडि तयारीको महाधिवेशन, विचारको तयारी, नीतिको तयारी, नेतृत्व र पार्टीको तयारीको महाधिवेशन भएको हुादा यो महाधिवेशनमा गम्भीरताका साथ प्रस्तुत हुन जरुरी छ । हामी माओवादी नै भइराख्छौ कि राख्दैनौ भन्ने कुरा यही महाधिवेशनले फैसला गर्दछ । हामी भोलि नेपालमा यो देशको राष्ट्रिय स्वाधनिता ग्यारेन्टी गर्न सक्छौा कि सक्दैनौ, आन्दोलनको नेतृत्व गर्न सक्छौा कि सक्दैनौ भन्ने कुरा यो महाधिवेशनले तय गर्ने नीतिले तय गर्छ । भोलि हामीले नेपाली जनताले चाहेको दलाल तथा नोकरशाही वर्गको अन्त्य गरी नेपाली जनताको जनवादी व्यवस्था स्थापना गर्न सक्छौा कि सक्दैनौा भन्ने कुरा यो महाधिवेशनले तय गर्ने कार्यदिशाले निर्धारण गर्छ । त्यसकारण यो भूमिका पूरा गर्न जिम्मेवारी पाएका हाम्रा प्रतिनिधि पर्यवेक्षक साथीहरुले यो दायित्व जिम्मेवारपूर्ण ढङ्गले पूरा गर्नु हुनेछ । विश्व क्रान्तिलाई अगाडि बढाउन र नेपाली क्रान्तिलाई सम्पन्न गर्ने नीति निर्माण गर्ने यो ऐतिहासिक अवसर छ, उहाहरुलाई । यो अवसरलाई भरपुर उपयोग गर्न म उहाहरुलाई अुनरोध गर्दछु ।

०     अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

अहिले हाम्रो महाधिवेशन राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा केन्द्रभागमा छ । श्रमजीवी जनताले यो महाधिवेशनलाई ध्यानपूर्वक हेरिरहेका छन्, यो महाधिवेशनले के निक्र्यौल गर्छ भनेर भने साम्राज्यवादीहरु पनि आतंकित मानसिकताले हेरिरहेका छन् कि यो महाधिवशनले कस्तो निर्णयलेला भनेर । यस्तो बेलामा महाधिवेशनको हलभित्रबाट नै पार्टीका विचार र महाधिवेशनले लिने निर्णयको बारेमा स्पष्ट गर्ने वातावरण मिलाउनुभएकोमा यस पत्रिका र यहालाई पनि धन्यवाद छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु