हामी शान्तिपूर्ण तरिकाबाट लक्ष्यमा पुग्न चाहन्छौ — धर्मेन्द्र बास्तोला, नेकपा-माओवादी

२०६९ मंसिर २७ गते, बुधबार

०      सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले दिएको दुई पटकको समयसीमा त्यसै गरे गएको छ, तेस्रो पटक पुनः छ दिनको लागि म्याद थपिएको छ, यसबीचमा सहमति होला त ?

थपिएको समयमा पनि सहमति हुने कुनै सम्भावना छैन । म्याद थप्दै जादा राष्ट्रपति र दलहरू पङ्गु हुने अवस्था आउछ । यस्तो अवस्थाले मुलुक ठूलो दुर्घटनामा पुग्न सक्छ । दलहरूबीच सहमति बन्ने सम्भावना नहुादा म्याद थप्नुको कुनै अर्थ छैन

०      राष्ट्रपतिले राष्ट्रिय सहमति गर्न भन्दै केही निश्चित दलहरुलाई मात्र बोलाएर छलफल गर्ने गरेका छन्, यस विषयमा के भन्नुहुन्छ ?

राष्ट्रपतिले जसरी केही ठूला दल भनिनेलाई मात्र बोलाएर छलफल गरेका छन्, त्यो गलत छ । पूर्णरूपमा असफल भएका दलहरू मात्रलाई बोलाएर छलफल गरेर केही निचोड निस्कदैन । मुलुकको वास्तविक समस्याको वास्तविक निकास निकाल्न दलहरू चिन्तित छैनन् । फोहोरी संसद्वादी खेलमा संसद्वादी दलहरू रमाइरहेका छन् । त्यसबाट माथि उठ्न नसक्दा मुलुक झनै संकटमा फस्न पुगेको हो । यो फोहोरी खेल त्यतिबेलासम्म चलिरहन्छ, जतिबेलासम्म समाजले एउटा धक्का दिने खालको आन्दोलन गर्दैन ।

०      तपाईंहरूले आˆनो पार्टीलाई तेस्रो दलको रूपमा दाबी गर्नुभएको छ । तर, भूमिका त त्यस्तो पाउनु भएको छैन नि ?

तेस्रो दल दाबी गरेर भूमिका नपाएको भन्दा पनि हामीले हाम्रो भूमिका ठोस गर्न सकिरहेका छैनौ । हामी त्यो प्रक्रियामा छौ । यतिबेला हाम्रो पार्टी महाधिवेशनको तयारीमा छ । हामीले घटनाक्रमलाई नियालीरहेका छौ । हामी उचित समयमा उचित निर्णय गरेर अगाडि बढ्छौ ।

०      तपाईंहरू संसदीय व्यवस्थालाई फोहोरी खेल भन्नुहुन्छ । यही अवस्थामा पार्टी महासचिवलाई प्रधानमन्त्रीको उम्मेदवार तोक्नुभएको छ, किन ?

अहिलेको राष्ट्रिय समस्या भनेको राष्ट्रिय स्वाधीनताको विषय हो । मुख्य समस्या भनेकै राष्ट्रिय स्वाधीनताको प्रश्न हो । यो मुलुकलाई राम्रो बनाउ भन्ने नेताहरू एमाले, काग्रेसमा पनि छन् । तर, त्यसो किन भइरहेको छैन, कसले रोकेको छ भन्ने विषयमा उनीहरू स्पष्ट भएका छैनन् । यो मुलुकलाई मुक्त गर्नको लागि नया विचार, नया एकतामा अगाडि बढ्नुपर्छ । सबै कठ्पुतली बनेका छन् । सबैलाई फोहोरी आहालभित्र पुर्žयाएको छ । कुर्सीको वरिपरी बस्ने उनीहरूको परम्परा छ । तर, हामी त्यसो गर्दैनौ, हाम्रो पार्टीले त्यसो गर्दैन । हामीले सरकारको नेतृत्व गर्žयौ भने मुलुकलाई मुक्त गर्ने प्रक्रियामा अगाडि बढ्छौ । हामी मुलुकलाई नया ठाउामा पुर्žयाएर मुक्त गरिदिन सक्छौ । अरु सबै नेता एवं दलहरूले त्यो नैतिकता गुमाएका छन् । त्यो नैतिकता एवं क्षमता हामीमा छ । हाम्रा नेतृत्वमा सरकार बनाएर हेरौा, हामी मुलुकलाई निकास दिएरै छाड्छौ । हामी मुलुकलाई नया उचाइमा उठाएर लैजान्छौ । त्यसको लागि हाम्रो नेतृत्वमा सरकार बन्नुपर्छ । हामी बोलेर होइन, काम गरेर देखाइदिन्छौ ।

०      तपाईंहरू संसदीय व्यवस्थालाई फोहोरी खेल भन्नुहुन्छ, फेरि त्यही व्यवस्थाको सरकारको नेतृत्व गर्न जाने कुरा दोधारे भएन र ?

यसमा कुनै दोधार भन्ने छैन कुरा स्पष्ट छ । प्रस्टरूपमा फेल भइसकेको संसदीय व्यवस्थाबाट मुलुक माथि उठ्न सक्दैन, उन्नतिमा पुग्न सक्दैन । यो कुरा सबैमा प्रस्ट भएको छ । त्यसकारण यो व्यवस्थालाई पूर्णरूपमा ध्वस्त गरी नयाा व्यवस्था स्थापना गर्न जरुरी छ । फोहोरी संसदीय व्यवस्थालाई बचाएर राख्न देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरू लागिपरेका छन् । त्यसको शिकार अहिलेका संसद्वादी पार्टीहरू नै बढी भएका छन् । मुलुक अनैतिकतामा फसेको छ, नैतिकता भन्ने नै हराएको छ । त्यसकारण अहिलेको अवस्थाबाट मुलुकलई निकास दिन हाम्रो नेतृत्वमा अगाडि बढौ भन्ने हाम्रो प्रस्ताव हो । हामी संसदीय भासमा फसेको भन्ने हुादै होइन । हामी सबैको साथ लिइएर अगाडि बढ्न चाहन्छौ ।

०      अहिले विदेशी चलखेल तीव्र भएको कुरा बाहिर आइरहेको छ, त्यही भएर सहमतिको सरकार गठन हुन नसकेको हो ?

वैदेशिक चलखेल बढेको कुरा सतहमा प्रस्ट नै देखिएको छ । त्यसकारण हामीले यो मुलुक नवऔपनिवेशिक अवस्थामा रहेको छ भनेका छौ । यस्तो अवस्थामा वैदेशिक चलखेल भयो भनेर आश्चर्य मान्नुपर्ने अवस्था छैन, यस्तो त भइरहन्छ । भट्टराई नेतृत्वको सरकार बनेपछि मुलुक थप संकटमा फसेको छ, वैदेशिक हस्तक्षेप सतहमा हाकाहाकी देखापरेको छ ।

०      मुलुकको राजनीति तरल अवस्थामा छ, यस्तो अवस्थामा पार्टी सचिव चीन भ्रमणमा हुनुहुन्छ, भ्रमणको कारण के होला ?

पार्टी सचिव भेटघाट, छलफलकै क्रममा चीन जानु भएको हो । अरु त्यस्तो केही पनि छैन । पार्टीलाई सरकारमा पुर्žयाउन चीनको सहयोग चाहिन्छ भन्ने होइन । त्यसको लागि सचिव त्यता गएको पनि होइन । हामीले सबै विदेशी मित्रराष्ट्रहरूसाग छलफल गरेका छौ । नेपाल र नेपालीको कसरी मुक्ति गर्न सकिन्छ भन्ने नै हाम्रो मुख्य लक्ष्य हो । त्यसभन्दा दायाबाया हामी कसैसग छलफल गर्दैनौ । त्यसकारण प्रधानमन्त्री बनाउन हाम्रो सचिव चीन गएको कुरा सत्य होइन ।

०      पार्टी महाधिवेशनको तयारीमा लागेको छ, के भइरहेको छ ?

हो, हामी यतिबेला पार्टीको सातौ महाधिवेशनको तयारीमा लागेका छौ । पुसको २५ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । हाम्रो सिङ्गो पार्टी यतिबेला महाधिवेशनको तयारीमा जुटेको छ ।

०      मुलुकमा राजनीतिक संकट गहिरिदै गएको छ, यस्तो अवस्थामा तपाईंहरू महाधिवेशनतर्फ लाग्ने कि मुलुकलाई निकास दिनेतर्फ ?

हामीले महाधिवेशन र तरल राजनीतिको निकास दुवै कुरालाई साथसाथै हेरिरहेका छौ । त्यसमा अहिले प्रमुख कुरा त महाधिवेशन नै हो । हामी अहिले महाधिवेशनलाई प्राथमिकता दिने गरी अगाडि बढेका छौ ।

०      राजनीतिक संकटको समाधान गोलमेचसभा भन्ने तपाईंहरूको प्रस्ताव थियो, त्यसमा अहिले के भइरहेको छ ?

सिङ्गो पार्टी महाधिवेशनको तयारीमा लागेका कारण गोलमेच सभाको कुरा ओझेलमा परेजस्तो देखिएको छ । अहिले बाह्र बुादे सहमति र बृहत् शान्तिसम्झौता असफलसिद्ध भएको छ । यसको औचित्य समेत समाप्त भइसकेको छ । मुलुकलाई निकास दिनको लागि नया बाह्र बुादे र शान्तिसम्झौता हुन जरुरी छ । दुईवटा विचार, दुईवटा सत्ताको बीचमा नयाा सहमति हुन जरुरी छ । त्यसमा हामीले छलफल गरिरहेका छौ। गोलमेच सभा त्यसैको वरिपरी केन्दि्रत हुनुपर्छ । अहिले गोलमेच सभाको हाम्रो प्रस्ताव झनै घनीभूत, झनै स्पष्ट एवं आवश्यक हुादै गएको छ ।

०      महाधिवेशनपछि तपाईंहरू जनविदं्रोहमा जान सक्ने अनुमान गरिएको छ नि ?

हामी यतिबेला जनयुद्धको अन्त्य र गणतन्त्र स्थापना भएको अवस्थामा आइपुगेका छौ । हाम्रो लक्ष्य पूरा भएको छैन । हामी शान्तिपूर्ण तरिकाबाट आˆनो लक्ष्यमा पुग्न चाहन्छौ । त्यसकारण नै हामी शान्तिपूर्ण तरिकाले संविधानसभाबाट जनताको संविधान लेख्न संविधानसभामा गएका थियौ । तर, संविधानसभालाई पङ्गु बनाएर जनताका अधिकार स्थापित हुन नदिने काम संसद्वादी दल र तिनका नेताहरूले गरे । मुलुक यथास्थितिवादमा फस्ने खतरा पैदा हुादै गयो । संकट गहिरिादै गयो । नेपाली जनताले यस्तो अवस्थामा एउटा बिन्दुमा पुगेर विद्रोह गर्ने अवस्था आउाछ । यो हाम्रो रहर र चाहनाको विषय पनि होइन । संसारका कुनै पनि जनताले युद्ध चाहादैनन् । युद्ध शासकहरूद्वारा थोपरिने गरिन्छ । त्यसकारण जनता बाध्य भएर युद्धमा होमिन्छन् । विश्वमा चलिरहेका युद्धलाई हेर्दा पनि त्यसको पुष्टि हुन्छ । नेपालमा त्यस्तो बाध्यता नओस् भन्ने हो । त्यस्तो अवस्था आयो भने क्रान्तिको नेतृत्व लिन पार्टी तयार छ ।

०      भनेपछि, अहिले तपाईंले सोचेजस्तै अवस्था निर्माण हुदै गएको हो ?

हामीले सोचेजस्तो भएन । हामीले त संविधानसभाबाट जनताको संविधान चाहेका थियौा । कााग्रेस, एमाले, प्रचण्ड-बाबुरामले संविधानसभालाई निरङ्कुशताको चङ्गुलमा फसाए । त्यसले गर्दा हामीले सोचेजस्तो भएन । सैद्धान्तिक हिसाबले यस्तो हुन्छ भन्ने कुरामा त हामी अनविज्ञ थिएनौ । सबै दलहरू सच्चिएको भन्ने हामो व्यवहारगत विश्लेषण थियो । तर, स्थिति त्यस्तो भएन । प्रचण्ड-बाबुरामहरूसमेत संसदीय भासमा भासिएपछि मुलुक उल्टो दिशातर्फ जाने अवस्था पैदा हुन पुग्यो, यो अनपेक्षित थियो ।

०      अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

मुलुकको निकासको लागि जनता फेरि एक पटक अगाडि बढ्नुपर्छ । संसद्वादी दलहरूबाट कुनै पनि निकासको सम्भावना छैन । राष्ट्रिय एकता हुन जरुरी छ । राष्ट्रिय एकताले मात्रै मुलुकलाई निकास दिन सक्छ । त्यसतर्फ सबै अघि बढौ भन्ने अपिल गर्न चाहन्छु ।

प्रतिक्रियाहरु