हामीले राष्ट्र र जनताको मुद्दा उठान् गरेका हौं – प्रकाण्ड, प्रवक्ता – नेपाल कम्युनिस्ट पार्टी

२०७५ मंसिर ८ गते, शनिबार

० पार्टीले मंसिर ८ गते जनसभा र जनप्रदर्शन राखेको छ, किन ?
यसको धेरै ठूलो महत्व छ । यो बहुआयामिक कार्यक्रम पनि हो । नेपालको कम्युनिस्ट आन्दोलनको कोणबाट हेर्नुभयो भने पनि यो महत्वपूर्ण छ । अर्को नेपालको राष्ट्रिय मुक्तिको कोणबाट हेर्नुभयो भने पनि यो धेरै महत्वपूर्ण कार्यक्रम छ । विशेष गरेर नेपालको कम्युनिस्ट आन्दोलनमा र नेपालको राजनीतिक आन्दोलनमा यसको दुईवटा ऐतिहासिक महत्व रहेको छ र रहनेसिद्ध भएको छ । एउटा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भयो । कम्युनिस्ट पार्टीको स्थापना हुनु आफैँमा एउटा ऐतिहासिक कदम थियो र त्यो ऐतिहासिक दिन हो । त्यसपछि कम्युनिस्ट आन्दोलन विविध उतारचढावबाट अगाडि बढ्यो । यसको उपलब्धिभन्दा क्षति बढी भयो । त्यसको पछिल्लो बढी डरलाग्दो उदाहरण भनेको माओवादी जनयुद्ध र माओवादी पार्टीको २०६२÷६३ आइसकेपछिको पतन हो । नेपालको कम्युनिस्ट आन्दोलन संघर्ष अनि धोखा, क्रान्ति प्रतिक्रान्तिको इतिहास जस्तो बन्यो । पछिल्लो समय २०६२÷६३ मा १० वर्षको जनयुद्धले नेपालका कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिमा धेरै ठूलो उथलपुथल ल्याएको थियो । यो आन्दोलनबाट नेपाली जनताले धेरै ठूलो उपलब्धिको आशा गरेको थियो । आफ्नो राजनीतिक अधिकार प्राप्तिको, आफ्नो मुक्तिको, आफ्नो राष्ट्रिय स्वाधीनताको अपेक्षा गरेको थियो । तर, २०६२÷६३ मा आउने बेला यसले पनि झट्का खायो । जनयुद्धको नेतृत्व गर्ने नेताहरूले धोखा दिए । यसले गर्दा जीवनमरणको स्थितिमा नेपालको कम्युनिस्ट आन्दोलन पुग्यो । त्यही बेला प्रचण्डसँग हाम्रो संघर्ष प¥यो । हामीले साँढे चार वर्ष प्रचण्डलाई सुधार गर्ने कोसिस ग¥यौँ । सम्भव नभएपछि किरणजीको नेतृत्वमा सम्बन्ध विच्छेद ग¥यौँ । किरणजीको नेतृत्वमा हुनेबेला पनि हामीले अढाई वर्ष जति किरणजीकै नेतृत्वमा क्रान्ति गर्ने कोसिस ग¥यौँ । किरणजी पनि त्यो ढङ्गले तयार नभएपछि र हाम्रो वैचारिक राजनीति नमिलेपछि २०७१ साल मंसिर ८ गते किरणजीसँग हामी अलग भयौँ र नेपाल कम्युनिस्ट पार्टी गठन ग¥यौँ । यो पार्टी गठन गरिसकेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीको स्थापना भयो । नेपालको क्रान्तिको बारेमा अघिल्लो प्रतिक्रान्ति र धोखापछि अब क्रान्तिको बारेमा एउटा गम्भीर बहस गरेर, एउटा ठूला अनुसन्धान गरेर नेपाली क्रान्तिको नयाँ कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गरेर अहिले हामी नेपाली क्रान्तिको प्रक्रियामा छौँ । यसो हुँदा नेपालको कम्युनिस्ट आन्दोलनमा २०७१ मंसिर ८ गते पुनर्गठित भएको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालमा अब क्रान्ति सम्भव हुँदैछ, जनताले मुक्ति प्राप्त गर्दैछन् र राष्ट्र स्वाधीनता प्राप्त गर्दैछ । त्यसकारण विगतको कम्युनिस्ट आन्दोलनका सबै उपलब्धिहरूका रक्षा गर्ने र संश्लेषण गर्ने कोणबाट र अबको क्रान्तिलाई पूर्ण गर्ने कोणबाट पनि मंसिर ८ गते पुनर्गठन गरिएको पार्टीको धेरै ठूलो महत्व छ । यो पार्टीको नेतृत्वमा अब नेपालमा क्रान्ति पूरा हुने भएको हुनाले यो दिन महत्वपूर्ण र ऐतिहासिक दिन हो । त्यसकारणले नेपालको श्रमजीवि जनता, नेपालको सर्वहारावर्गले गर्व गर्नलायक पार्टी जसले नेपाली जनता र राष्ट्रको स्वाभिमानको निम्ति आफ्नो ज्यान हत्केलामा राखेर संघर्ष गरिरहेको छ । त्यो मंसिर ८ गते नेपाली जनताको निम्ति र हाम्रो राष्ट्रको निम्ति एउटा महान् पर्वको दिन पनि हो, यो कुरालाई दृष्टिगत गरेर हामीले एउटा भब्य, सभ्य र शानदाररूपमा सप्ताहाब्यापी रूपमा मनाउने कार्यक्रमको घोषणासहित ८ गते हामीले जनसभा गर्दैछौँ ।
० पार्टी पुनर्गठन गरेको चार वर्ष पूरा भइसक्यो तर तपाईहरूले भने जस्तो र जनताले सोचेजस्तो व्यवहारमा देखिएन नि ?
समयको दृष्टिले तपाईंले भनेको सही हो । देशका समस्या धेरै जटिल छन्, जनताको जीवन बढो कष्टकर छ । योबाट हेर्दा जब हामीले परिवर्तन र क्रान्तिको कुरा गर्छौं, छिटो परिवर्तन र क्रान्तिलाई सुनिश्चित गर्न पाए भन्ने जनताले सोच्ने कुरालाई हामीले अन्यथा मानेका छैनौँ । जनताको कोणबाट उठेको यो कुरालाई हामी स्वागत गर्छौं । तर, १० वर्ष जनयुद्ध लडेर सम्पन्न गर्न थालेको क्रान्ति, घर बनाएर छानो हाल्ने तरखरमा जुटेका बेला जस्तै उही नेताले भत्काउनको निम्ति जगमा डोजर लगाएपछि त्यो घर भत्क्यो । भत्केको सम्हाल्न जटिलता हुन्छ । यो जटिलताका बीचबाट हामी गुज्रँदा केही समय निश्चितरूपमा लिएको छ । अहिले हामीले धेरै माथि उठाइसकेका छौँ । आमनेपाली जनताले पनि त्यो अनुभूति गरिरहेका छन् । अब नेपाली जनताले हामीले खोजेको जस्तो साथ दिए भने नेपालमा क्रान्ति र परिवर्तन छिट्टै सम्पन्न हुन्छ । जनताका आशा आकांक्षाहरूले पूर्णता पाउनेछन् ।
० योबीचमा तपाईंलगायत पार्टीका केन्द्रीयस्तरका दर्जनौँ नेताहरू गिरफ्तार भए, भूmठा मुद्दा खेप्नुप¥यो, के भन्नुहुन्छ ?
नेपाली राजनीतिमा यसलाई बिडम्बना भन्नुपर्छ । किनकि नेपालमा सामन्ती व्यवस्था पनि छैन, राजतन्त्र पनि छैन । संसदीय प्रतिक्रियावादका विरुद्धमा सामन्ती निरंकुशताका विरुद्धमा १० वर्ष जनयुद्ध लडेको पार्टी र हामी नेताहरू हौँ । १० वर्ष जनयुद्धपछि अहिले जुन राजनीतिक स्थिति बनेको छ । नेपालमा राजतन्त्रको अन्त्य भएको छ । हिजो जनयुद्धको नेतृत्व गरेको एउटा हिस्सा अहिले संसदीय राजनीतिमा समाहित भएको छ । अहिले सरकार पनि हिजो प्रचण्डले नेतृत्व गरेको माओवादीको एउटा हिस्सा र एमालेको पार्टी मिलेर संयुक्त सरकार बनेको छ अर्थात् ओली–प्रचण्ड पार्टीको सरकार छ । यो बेलामा हामी नेताहरू जसले विगतमा यो राजनीति परिवर्तन गर्नको निम्ति सबैभन्दा ठूलो योगदान गरेका हौँ, त्यति योगदान प्रचण्डको पनि छैन, बलिदानको दृष्टिले हेर्ने हो भने । प्रचण्डजीको पार्टीको सरकारले हामीले क्रान्ति र जनताको अधिकारको कुरा गर्दा, सामाजिक रूपान्तरण र रष्ट्रको मुक्तिको कुरा गर्दा, हामीलाई समातेर जेल हाल्ने भनेपछि कम्युनिस्ट नामको फासीवादी र कम्युनिस्ट नामको निरंकुश सरकार हो भन्ने कुरा आमनेपाली जनता र दुनियाँलाई बुझ्ने गरी पुष्टि भएको छ । अहिलेको व्यवस्था दलाल पुँजीपतिको व्यवस्था र सत्ता यिनीहरूको छ । त्यो सत्तामा कम्युनिस्ट नामका सामाजिक दलाल पुँजीवादीहरू पुगेका छन् । यिनले गर्ने भनेको क्रान्तिका विरुद्धमा विगतको बुर्जुवाहरूभन्दा, विगतका संसद्वादीभन्दा हजारौँ गुणा बढी निरंकुश ढङ्गले, हजारौँ गुणा षड्यन्त्रमूलक ढङ्गले आउँछन् भन्ने कुरा हामीले भन्दै आएका थियौँ, त्यसको पुष्टि भएको छ । हाम्रो पार्टी, हाम्रो पार्टीका नेता र ममाथि नै जुन ढङ्गले दमन गरे ती दमन गर्ने नेता र सरकारले इतिहासमा डरलाग्दो क्षति व्यहोरेर यसको मूल्य चुक्ता गर्नु पर्छ ।
० पार्टी वार्तामा आउन नरम भएपछि तपाईंलगायतका नेताहरूलाई जेलमुक्त गरिएको प्रचारमा आएको छ, वास्तविकता के हो ?
हाम्रो पार्टीको प्रतिरोध, हामी नेताहरूको कष्टडीभित्रको प्रतिरोधबाट पराजित भएका नेता र सरकारका मान्छेहरूले फैलाएको अफवाह हो यो । यथार्थता के हो भने हामी क्रान्तिको प्रक्रियामा थियौँ, जनताको बीचमा पार्टीको काममा थियौँ, बाटोमा हिँड्दै गर्दा मलाई समातियो । समातिसकेपछि जुन ढङ्गको व्यवहार गरियो, त्यो अमानवीय थियो । हाम्रो मानवअधिकारसमेत हनन् गरियो, राजनीतिक अधिकार हनन् गरियो, न्यूनतम राजनीतिक व्यवहारसमेत देखिएन । जसरी हामीलाई दमन गरिएको थियो, त्यो दमनको औचित्य पुष्टि गर्न न सरकारले सक्यो, न गृहप्रशासनले सक्यो, न सरकारी पार्टीका नेताहरूले सके । जनताको आक्रमण, आक्रोश र घृणाको घेरामा नराम्रोसँग परेपछि उनीहरू अत्तालिए । हामीलाई हस्तक्षेप गरेर पार्टी, नेता र क्रान्ति सिध्याउँला भनेर सोचेका थिए । तर, त्यो ठीक उल्टो भयो ।
हामी माथिको दमन सरकार र सरकारी पार्टीको निम्ति भयंकर क्षति व्यहोर्ने कदम बन्यो । उनीहरूले थेग्न नै नसक्ने भएपछि पछि हट्न बाध्य भएका हुन् । हामीमाथिको दमन नेपाली जनतालाई सैह्य हुने कुरै भएन, उनीहरूकै क्याम्पमा समेत बेठीक भयो भन्ने बहुमत भएपछि पछि हट्न बाध्य भएका हुन् । उनीहरूले गरेको आक्रमण आफ्नै निम्ति प्रत्युत्पादक भएको थियो, फासीको फन्दा भएको थियो । त्यसबाट उनीहरू पछि हट्न चाहन्थे । हामीसँगको लडाइँमा, नेपाली जनता र हाम्रो पार्टीसँगको संघर्षमा पराजित भएपछि त्यसमा पर्दा हाल्नको निम्ति वार्ताको नाटक गरे । सरकारले दमन ग¥यो, हामीले प्रतिरोध ग¥यौँ, वार्ताको कुरा हामी र सरकारबीच सहमति भएर गरेको हो र ? मोर्चामा पराजित भएपछि, आपूm बद्नाम भएपछि आफ्नो ‘फेस सेभिङ’ गर्नको निम्ति वार्ता र वार्ताटोलीको कुरा गर्नु नालायकीपना हो ।
अर्को सरकारले वार्ताको कुरा गरिसकेपछि हामीले के भन्यौँ भने वार्ताको कुरा किन गरेको ? वार्ता कोसँग गर्ने हो ? वार्ता केको निम्ति गर्ने हो ? वार्ताबाट के समाधान निकाल्ने हो ? खोजेको के हो ? त्यो कुरा सरकारले प्रष्ट गर्नुप¥यो । सैद्धान्तिक दृष्टिले वार्ताको विरोधी हाम्रो पार्टी कहिल्यै पनि होइन र छैन पनि । हाम्रो कुरा नै राजनीतिक हो । राजनीतिक कुराको राजनीति ढङ्गले नै समाधान होस् भन्ने हाम्रो भनाइ हो । जब शासकहरूले जनताको राजनीतिक मु्द्दालाई सुन्दैन, बन्दुकको भाषा बोल्छ, दमनको भाषा बोल्छ, त्यसपछि संघर्ष गर्न जनतालाई र जनताको पार्टीलाई बाध्यता पर्छ । त्यसकारण सरकारले के गर्न खोजेको हो, त्यो कुरा प्रष्ट गर्नुप¥यो । सरकारको वार्ताटोली गठनलगायतको ताल हेर्दा र वार्ताटोली बनाउने बेला जुन नीति बनाएर सार्वजनिक गरे, त्यसमा २०६२÷६३ पछि शान्तिप्रक्रियामा छुटेका समूहहरूसँग वार्ता गर्नको निम्ति भनिएको छ, हामी त समूह होइनौँ । त्यसकारण हामीसँग वार्ता गर्न होइन होला ? हामी त पार्टी हौँ नेपाल कम्युनिस्ट पार्टी । समूह भए सिके राउत समूह होला, गोइत समूह होला, हामी समूह होइनौँ । सरकारको कुराले यो वार्ता हामीसँग होइन भन्न लाग्छ ।
० त्यसो भए निकास के हो त ?
हामीले जनता र राष्ट्रको मुद्दा उठान् गरेको हो । सरकार यसलाई सम्बोधन गर्न तयार भयो भने सहमतिबाट नै समाधान हुन्छ । जनताले चाहेजस्तो राज्य, जनताले चाहेजस्तो व्यवस्था र जनताले चाहेजस्तो नेतृत्व दिँदा सबै समाधान हुन्छ । होइन, त्यसको लागि तयार नहुने हो र वार्ता हाम्राविरुद्ध षड्यन्त्र गर्नको निम्ति हो भने जनताले संघर्ष गर्नु बाध्यात्मक स्थिति हो । संघर्ष बढ्दै जाँदा सशस्त्ररूप लिन पनि बाध्य हुन सक्छ, चाहनाको विषय होइन । अहिले देशको स्थिति हेर्ने हो भने पनि हामीले उठान गरेको विषय सही हो भन्ने देखाउँछ । किनकि दुई तिहाईको सरकार छ, जनताले न्यूनतम सन्तुष्टिसमेत पाएका छैनन् । यसरी हेर्दा पनि परिवर्तन अनिवार्य छ । यो ओलीजीको गुण र दोषको कुरा होइन, यो त दलाल संसदीय व्यवस्था र यसको दलाल सत्ताको दोषको कुरा हो । यो परिवर्तन नगरी जो सत्तामा गए पनि सुधार हुन सक्दैन ।
० सरकार वार्ता भन्दै तपाईंको पार्टीलाई दमन गर्न खोज्ने, तपाईंहरू आफ्नो एजेण्डाबाट पछि नहट्ने पक्षमा देखिनु हुन्छ, समाधान के हो त ?
हामी जनता र राष्ट्रको एजेण्डाबाट पछि हट्न सक्दैनौँ किनभन्दा राष्ट्र र जनताको एजेण्डाबाट पछि हट्दा राष्ट्र र जनतालाई धोखा हुन्छ । अहिलेको राज्य र सरकारले राष्ट्र र जनताको एजेण्डा सम्बोधन गर्न सकेको छैन भन्ने प्रष्ट भएको छ । त्यसैले सरकार पछि हट्नुको विकल्प छैन । देश र जनताको मुद्दा सम्बोधन हुनुप¥यो, समस्याको निकास यही हो । हामी राज्यमा छौँ, दमन गर्छौं भनेपछि जनताले प्रतिरोध गर्नु अनिवार्य नियम हुन्छ । त्यसको नेतृत्व जनताको पार्टी हुनुको नाताले नेपाल कम्युनिस्ट पार्टीले गर्छ ।
० अन्तिममा आमजनसमुदायलाई के अपिल गर्नुहुन्छ ?
देश बढो अप्ठ्यारो स्थितिमा छ । जनताले सोचेको भन्दा विपरीत दिशातिर गइरहेको छ । जनताको चाहनामा तुषारापात भएको छ । जनताको बलिदान सडकमा बेवारिसे भएको छ । हिजो ठूलो बलिदान गर्ने जनता, नेता, कार्यकर्ताले अहिले पश्चाताप गर्ने स्थिति बनेको छ । नयाँ र पुराना दलालहरू रातारात जन्मेका छन्, तिनीहरूले देश र जनतालाई लुटखसोट गरिरहेका छन् । देश र जनतालाई हरिकङ्गाल बनाउँदैछन् । जनता प्रताडित भएका छन्, देश बडो निराशातिर गइरहेको छ । यो समस्याको समाधानको निम्ति क्रान्ति र परिवर्तनको विकल्प छैन । त्यसैले हाम्रो पार्टीले क्रान्तिको प्रक्रिया अगाडि बढाएको छ । यो क्रान्तिमा छिटोभन्दा छिटो शक्तिशाली ढङ्गले गोलबद्ध हुन र एउटा निर्णायक आन्दोलनबाट, निर्णायक क्रान्तिबाट आफ्नो सत्ता, आफ्नो व्यवस्था र आफ्नो नेतृत्व स्थापित गर्न आमनेपाली जनतालाई अपिल गर्न चाहन्छु ।

प्रतिक्रियाहरु