वार्ता र सहमतिको विरुद्ध जानेहरूलाई ठीक लगाउन आन्दोलन गरेका हौं – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

२०७० भाद्र २९ गते, शनिबार

० तपाईंको पार्टीले भर्खरै उपत्यका बन्द गर्‍यो र क्रमशः देशभरि बन्दका कार्यक्रम गर्दैछ, यसो गर्नुको कारण बताइदिनुस् न ?
सबै नेपाली जनतालाई थाहा छ । हाम्रो देश संकटको भुमरीमा फस्दै गएको छ । त्यसका पछाडिका कारण जनयुद्ध र जनआन्दोलनले अगाडि सारेका जुन मुद्दाहरू थिए, त्यसैलाई नेपाली राजनीतिमा स्थापित गर्न नसक्नु र हुन नदिनु नै प्रमुख हो । अहिले पछिल्लो चरणमा आउँदा जनताको संविधान निर्माणको राजनीतिक एजेण्डा, यो देशको राजनीतिक संकटको छिट्टै निकासको आकांक्षा जुन छ, त्यसलाई नेपाली राजनीतिमा माओवादीको पहलकद्मीमा स्थापित गर्नको निम्ति हामीले टेबल र सहमतिको सिद्धान्तमा वार्ताको माध्यमबाट जनताको संविधानको सुनिश्चितता, अहिलेको चरम् राजनीतिक संकटलाई निकास दिने नीति हामीले अगाडि सारेका छौँ । त्यही आधारमा हामीले एक – दुइ चरण वार्ता पनि गर्‍यौँ । तर, वैदेशिक प्रतिक्रियावादीहरूको डिजाइनमा कथित चार दलीय संयन्त्र हामीले अगाडि सारेको एजेण्डा र वार्तामार्फ् देशको निकास दिन तयार नभएपछि र उल्टै मंसिर ४ को चुनावको सुगा रटाइ गरेर वार्ता भाँड्न खोजे, सहमतिलाई इन्कार गरे र संकटको निकासको विरुद्ध खडा भए यही विषयलाई केन्द्रभागमा राखेर देशव्यापीरूपमा संघर्षको कार्यक्रम अगाडि सारेका हौँ । हामीलाई वार्ता विरोधी, सहमतिविरोधी र शान्तिविरोधी भनेर प्रचारबाजी गर्ने, वास्तविकरूपमा नेपाली जनताको हित होइन, साम्राज्यवादी, विस्तारवादी डाकाहरूको हितमा लिप्त हुने, यो राष्ट्रको राष्ट्रिय स्वाधीनताको निम्ति होइन, कति सकिन्छ यो राष्ट्रलाई अझ धेरै पराधीन बनाउनु पर्छ भनेर दिनप्रतिदिन हर्कत गर्नेहरूलाई जवाफ दिनको लागि पनि हामीले संर्घष्ाका कार्यक्रमहरू आयोजना गरेका हौँ । यो निरन्तर अगाडि बढ्छ । अहिलेको राजनीतिक परिस्थितिलाई हेर्दा राष्ट्रिय आवश्यकता र संकटको निकासको निम्ति दुइवटा बाटाहरू छन् । एउटा, वार्ता र सहमतिको बाटो, अर्को आन्दोलनको बाटो । हामीले वार्ता र सहमतिको विरुद्धमा जानेहरूलाई ठीक ठाउँमा ल्याउन आन्दोलन गरेका हौँ । त्यसैले यस आन्दोलनलाई आमजनताले साथ र र्समर्थन गरेका छन् ।
०र् भर्खरै तपाईंको पार्टीको पोलिटब्युरोको बैठक सम्पन्न भएको छ, बैठकले के-के निर्णयहरु गर्‍यो ?
हाम्रो पोलिटब्युरोको बैठक ऐतिहासिक भएको छ, किनभन्दा पछिल्लो चरणमा देशको राजनीति असाध्यै जटिल र उत्कर्षा पुगेको छ, यसैबेलामा हाम्रो पोलिटब्युरोको बैठक बसेको थियो । हामीले समग्ररूपमा राष्ट्रिय राजनीतिको विश्लेषण गरेका छौँ र पार्टीको आत्मगत अवस्थाको विश्लेषण पनि गरेका छौँ । यी दुवै विश्लेषणबाट हामी कथित संविधानसभाको मंसिर ४ को चुनावको नाममा यो देशमा जनयुद्ध र जनआन्दोलनले नेपाली राजनीतिमा जुन नयाँ वातावरण बनाएको छ, जुन मुद्दा अगाडि बढाएको छ र परिवर्तनको प्रक्रियालाई जसरी अगाडि बढायो, त्यसका खिलाफमा अन्तिम षड्यन्त्रको रूपमा यो देशका दलालहरूले मंसिर ४ को कथित संविधानसभाको चुनावलाई ल्याउँदैछन् । त्यसकारण यसलाई हामीले गम्भीरताका साथ लिनुपर्छ भन्ने नै हो । यसमा माओवादी पार्टी भूमिकाको दृष्टिले अहिले मंसिर ४ मा उहाँहरूले घोषणा गरेको चुनावले अर्थात् कथित ४ दलले घोषणा गरेको चुनाव जुन छ, त्यो समाधान होइन । मंसिर ४ को चुनाव समाधान होइन । समाधान त देशका सबै राजनीतिक पार्टी सम्बद्ध पक्षहरूसहितको गोलमेच सभा नै हो । त्यसको निम्ति उहाँहरूले अहिले घोषणा गरेको संविधानसभाको चुनावको मिति सार्नुपर्छ । चार दलीय संयन्त्र, माओवादीसहित अरु राजनीतिक पार्टी, अरु पक्षहरूलाई गोलमेच सभामा ल्याएर त्यही गोलमेच सभामार्फ संविधान निर्माणको सुनिश्चितता, त्यसको निम्ति आवश्यक पर्ने नीति, विधि र प्रक्रिया अहिलेको राजनीतिक संकटको निकास हो भन्ने नीति अहिले हाम्रो पोलिटब्युरो बैठकले लिएको छ ।
० खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए यही सरकारको नेतृत्वमा चुनावमा जान सकिने भनेर तपाईंको पार्टी कै नेताहरूले अभिव्यक्ति दिएको र्सार्वजनिक भएको छ, वास्तविकता के हो ?
यो सत्य होइन । हाम्रो पार्टीको पोलिटब्युरो बैठकको निर्णयको सारवस्तु के हो भने गोलमेच सभामा चार दलीय संयन्त्र, माओवादी, अन्य दल र सम्बद्ध पक्ष सबैलाई समेट्ने र गोलमेच सभाबाट संविधान निर्माणको सुनिश्चितता र राजनीतिक संकट निकासको प्याकेजमा सहमति गर्ने र निकास दिने त्यसको निम्ति पहिले मंसिर ४ को चुनाव सार्नुपर्छ भन्ने नै हो । यसमा पार्टीले उच्चस्तरबाट पहलकद्मी लिनुपर्छ । चार दलीय संयन्त्रसँग पनि वार्ता र छलफल गर्नुपर्छ र अरु दलहरूसँग पनि एकल, बहुरूपमा पनि छलफल गर्नुपर्छ भन्ने नीति नै पोलिटब्युरोको आधिकारिक निर्णय हो ।


०पार्टी एमाओवादीसँग एकीकरण हुँदैछ भनेर पनि प्रचारमा आएको थियो, यस विषयमा पोलिटब्युरोमा छलफल भयो ?
हाम्रो पोलिटब्युरो बैठकमा पार्टी एकीकरणसम्बन्धी चर्चा त छोडिदिनोस्, चर्चाको ‘च’ पनि उच्चारण भएन अर्थात् एकताको ‘ए’ पनि उच्चारण भएन । बाहिर जसरी प्रचारबाजी भइरहेको छ, यो नियोजित रूपमा भएको प्रचारबाजी जस्तो लाग्छ किनकि हाम्रो पार्टीलाई एमाओवादीबाट पुनर्गठन गरेर नेकपा-माओवादी पार्टी बनाएको सवा वर्षमात्र भएको छ । हामीले त्यसबेला पार्टी अलग गर्नुका कारण र आधारहरूमा विचार र राजनीतिक नै प्रमुख थियो । हामीले प्रचण्ड, बाबुरामजीहरूसँग हाम्रो विचारमा फरक पर्‍यो, हाम्रो राजनीतिमा फरक पर्‍यो भनेर नै हामीले यो पार्टी पुनर्गठन गरेका हौँ । अहिले पार्टी एकताको निकै चर्चा चलेको छ, के पार्टी एकताको निम्ति प्रचण्डजी, बाबुरामजी अथवा एमाओवादीमा जुन विचलन थियो के त्यसमा उहाँहरू सच्चिनु भयो त – यो त देखिँदैन । फेरि हाम्रो पार्टी एमाओवादीजस्तो भएको हो त – त्यो पनि होइन । त्यसकारण नेकपा-माओवादी र एमाओवादीको बीचमा पार्टी एकता हुने वैचारिक र राजनीतिक आधारहरू छैन ।
माओवादी पार्टी पछिल्लो दिनमा एउटा क्रान्तिकारी पार्टीको रूपमा स्थापित भएको छ । योबाट आतंकित भएका अवसरवादीहरूको षड्यन्त्रमूलक प्रचारबाजी मात्र हो । यसबाट हाम्रो पार्टी क्रान्तिकारीहरू पूरा सचेत हुनुपर्छ । यस प्रचारबाजीभित्र हाम्रा क्याडरलाई भ्रमित गर्ने र माओवादी पार्टी अहिलेको राजनीतिको चुनौतीपूर्ण क्षणमा संर्घषमा हेलिएको र नेतृत्व लिएको छ, त्यसलाई कमजोर बनाउने षड्यन्त्रको रूपमा आएको छ । यसमा आम पार्टी कार्यकर्ता र नेपाली जनता सजग हुनु जरुरी छ ।
० पार्टी पुनर्गठन गरेको सवा वर्षमात्र भएको छ, यसैबीचमा पार्टीको जनवर्गीय संगठनहरूमा विवाद सुरु भएको छ, कर्मचारी संगठन दुइ फ्याक भएको छ के भन्नुहुन्छ ?
कम्युनिष्ट पार्टीको विचारधारामा चल्ने संगठनहरू भएको हुँदा यस्ता केही खराबीहरू आउनु स्वाभाविक हो । माओवादी पार्टी अहिले जुन नीति छ, जुन विचार छ, जुन पद्धति र प्रक्रिया छ, लक्ष्य छ त्यसमा बाझिएर केही समस्याहरू आए भन्ने त देखिएको छ । एउटा कम्युनिष्ट पार्टीभीत्र यस्ता समस्याहरू आउँछन्, यसलाई स्वभाविकरूपमा लिनुपर्छ । समस्या त आउँछन् नै त्यसलाई समयमा नै पार्टीको नीति र क्रान्तिकारी गतिमा हल गर्नको निम्ति तत् तहको लिडरसीपले र मूल रूपमा केन्द्रिय समितिले पहल लिनुपर्छ र समाधान गर्नुपर्छ । समयमा समाधान गर्न सकिएन भने त्यसले विस्तार हुने मौका पाउने र जटिलता पैदा गर्दै जाने र क्रान्तिकारी पार्टीलाइ गम्भीर असर पार्ने मुर्खता पनि गर्न सक्छ । यसलाई पार्टीले समयमा नै ध्यान दिनुपर्छ । अहिले तपाईंले जुन प्रश्न उठाउनुभयो । यो पार्टीको नीतिसँग मिल्दा घटना होइन्, यसप्रति पार्टी चन्तित छ र पार्टी छिट्टै हल गर्छ ।
० चार दल र सरकारले मंसिर ४ मै चुनाव गराउने तयारी गरेको छ, तपाईंहरू बहिष्कार गर्न कम्मर कसेर लाग्नुभएको छ, के हुन्छ त अब ?
कथित वार्तावादीहरू, कथित शान्तिप्रेमीहरूले यो देशलाई मंसिर ४ को चुनावको नाममा राजनीतिक भिडन्तमा प्रवेश गराउँदै छन् । त्यसकारण एक पटक हामी अन्तिमरूपमा पहलकद्मी लिएर भिडन्ततिर धकेल्ने दुस्साहस नगर्नुस्, टेबल र सहमतिको सिद्धान्तको आधारमा माओवादीसहित अहिले राजनीतिक संकटको निकास दिउँ भनेर हामीले जोड गरिरहेका छौँ । उहाँहरूले मुर्खता गरिराख्नुभयो भने मंसिर ४ मा चुनाव होइन कि यो देशलाई गम्भीर भड्खालोमा हाल्ने तयारी गर्दै हुनुहुन्छ । उहाँहरूले भड्खालोमा हाल्ने कोसिस गरिराख्नु भयो भने त्यसबाट बचाउने जिम्मा नेकपा-माओवादीको हो भन्ने हामीलाई लागेको छ । उहाँहरूले कथित संविधानसभाको चुनावको नाममा इतिहासलाई माथ गर्ने गरी राष्ट्रघात, जनघात र संविधान निर्माणका विरुद्ध कार्य गर्दै हुनुहुन्छ, त्यसलाई माओवादी पार्टीले कुनै हालतमा छूट दिन सक्दैन ।
० भनेपछि तपाईंहरू पनि वार्ताको कुरा गर्दै जनव्रि्रोहको तयारीमा हुनुहुन्छ ?
होइन । हाम्रो पार्टीको स्पष्ट नीति त जनबिद्रोह नै हो । यो राज्यसत्ताको आमूल परिवर्तनको निम्ति जनबिद्रोह अनिवार्य छ । जनबिद्रोह भनेको संर्घषको उत्कर्षहो, त्यो जरुरी छ । यो हाम्रो सिद्धान्त र नीति नै हो । तर, अहिले तत्काल नेपालको सर्न्दर्भमा हामीले चाहेको राजनीतिक झडप पनि होइन, अहिलेको समाधान, सरकारले थोपर्न खोजेको युद्ध पनि होइन । अहिलेको समाधान भनेको समझदारी र सहमति नै हो । हामीले अहिले यही नीति अगाडि बढाएका छौँ र यसैमा जोड गरिरहेका छौँ । तर, त्यो सहमति अग्रगामी हुनुपर्‍यो भन्ने नै हो । सहमतिबाट निकास निकालौँभन्दा, वार्ताबाट निकास निकालौँभन्दा, टेबलबाट निकास खोजौँभन्दा उहाँहरूले हाम्राविरुद्धमा कार्य गर्ने, हामीलाई नजरअन्दाज गर्ने, हाम्रा विरुद्ध प्रतिक्रियावादी षड्यन्त्र र हर्कत गर्ने, अझै चुनावको नाममा युनफाइड कमाण्ड भन्दै राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने कार्य थाले भने यी मर्ूखहरूलाई छूट दिने कुरा हुँदैन । त्यसको प्रतिवाद नेपाली जनताले गर्नुपर्छ, त्यसको नेतृत्व माओवादीले गर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु