टेबलबाट समस्याको समाधान भएन भने जनसंर्घषमा जान्छौँ -प्रकाण्ड , पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

२०७० असार २२ गते, शनिबार

० पार्टीको पूण बैठक सकिएको छ, बैठक कस्तो रह्यो ?
भर्खर पोखरामा सम्पन्न हाम्रो पार्टीको पूण बैठक भव्य र अभूतपूव भयो । सम्पूण केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारहरूको उपस्थिति भएको बैठकमा व्यापक बहस गरी निष्कर्षमा पुगेको हुँदा हामीले यसलाई ऐतिहासिक बैठक भनेका छौँ । यो बैठकमा पार्टी र्पुनर्गठन भएको एक वर्षो समीक्षा पनि गरेका छौँ । एक वर्षो बीचमा थुप्रै उतार-चढावबाट पार्टी अगाडि बढ्नुपर्दाको क्षणमा पनि ऐतिहासिक र महत्वपूण् रहृयो । यसबीचमा पार्टी देश भित्र र अन्तर्रराट्रय क्षेत्रमा पनि प्रचण्ड-बाबुरामको विघटन र बिर्सजन भएपछि नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी पार्टीको रूपमा उभिएको छ । विगतको क्रान्तिकारी पार्टीको बाँकी क्रान्ति पूरा गर्ने अभिभारा लिँदै राष्ट्रिय र अन्तर्राट्रयरूपमा स्थापित भएको छ । यो गौरवको कुरा हो भनेर हामीले पूण् बैठकमा समीक्षा गरेका छौँ । बैठकमा हामीले देशको पछिल्लो राजनीतिक घटनाक्रमको पनि समीक्षा गर्यौँ । हाम्रो पार्टीको जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशालाई कार्यनीतिकरूपमा अगाडि बढाउने सर्न्दर्भमा व्यापक बहस गरेका छौँ । यसमा केही समस्याहरू पनि पहिचान गरेका छौँ । हाम्रो कार्यदिशालाई शास्त्रीयरूपमा बुझने, आदर्शवादी ढङ्गले बुझने र मार्क्सवादी कोणबाट बुझनेमा केही समस्या रहेको र प्रयोगका सर्न्दर्भमा पनि केही समस्या देखियो । यसलाई ठीक ढङ्गले सुस्पष्ट पार्ने सचेतता हामीले अपनाएका छौँ । अहिलेको हाम्रो कार्यदिशा भनेको जनयुद्धको जगमा जनव्रि्रोह हो । अहिले यसलाई यही रूपमा बुझनु र व्याख्या गर्नु उपयुक्त हुन्छ भन्ने बैठकले निष्कर्षनिकालेको छ । बैठकले जुन अहिले संविधानसभाको चुनाव भनेर जसरी देशी, विदेशी प्रतिक्रियावादीहरू ठूलो डिजाइनका साथ लागेका छन्, जनयुद्ध, जनआन्दोलन र राजनीतिक एजेण्डा र जनताको कुवानीका विरुद्धमा जसरी षड्यन्त्र गरेर आइरहेका छन् । यस विषयमा हामीले चैत १ गतेबाट यताका घटनाबाट गल्ती भएको छ, प्रतिगमन भएको छ, यसलाई सच्याउ भनेका छौँ । यसप्रति जवाफदेही हुँदै आफूले गरेका गल्ती सच्याएर अगाडि बढ्नुको सट्टा झन् मूखतापूण् ढङ्गले चुनावको मिति तोके पनि आमनेपाली जनताले हाम्रो पार्टीलाई गम्भीर बनाएको छ । यो लातको भूत रहेछ बातले मान्दोरहेनछ, त्यसैले यसलाई लातले नै हान्ने नीति केन्द्रीय समितिले तय गर्नुको विकल्प छैन, बाध्यात्मक स्थिति छ भनेर हामीले एउटा जनसंर्घष्को आँधीबेहरी सृष्टि गरेर अहिलेको कथित संविधानसभाको चुनाव र अहिलेको प्रतिगामी कदम र प्रतिगमनलाई खारेज गर्नुपर्छ भन्ने बैठकबाट निष्कर्षनिकालेका छौँ । यति हुँदाहुँदै पनि यो प्रतिगमनलाई सच्याउन हामीले बाटोको ढोका पनि खुल्ला राखेका छौँ ।
० बैठकले फौजी संरचनाको विषयमा पनि निर्णय लिएको छ भन्ने प्रचारमा आएको छ, वास्तविक के हो ?
वैदेशिक शक्तिकेन्द्रको डिजाइनमा र नेपालका दलालहरूको अक्षमताको बाबजुद हामीले नेपाली जनता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर सुस्पष्ट र क्रान्तिकारी नीति अगाडि सारिसकेपछि आतंकित भएका दलालहरू र वैदेशिक प्रतिक्रियावादीहरूको आतंकित अभिव्यक्ति मात्र हो, यो । अहिले गर्ने भनिएको चुनावलाई हामी सक्रिय र सशक्त बहिष्कार गछौर्ं, यो हाम्रो नीतिभित्रकै कुरा हो । यसै विषयलाई केही दलालहरूले चुनाव बिथोल्ने भनेका छन् भने केही दलालहरू यिनीहरू जंगल जाँदैछन् भन्दैछन् । यो भनेको दलालहरूको नेपाली जनता र हाम्रो पार्टीको विरुद्धमा झूठो प्रचार गर्ने कार्य मात्र हो । यस विषयमा आमनेपाली जनता सचेत हुनु आवश्यक छ । दलालहरूको यस अभिव्यक्तिभित्र षड्यन्त्र छ, सत्यता छैन भनेर आमनेपाली जनताले बुझनु आवश्यक छ ।
० पार्टी ैवठक पूव पार्टी एकीकरणको विषय पनि प्रचारमा आएको थियो, यस विषयमा बैठकले केही निर्णय गर्यो ?
विशेष गरेर प्रचण्डजीहरूले एकीकरणको बेसरी प्रचार गरे । यस विषयमा हाम्रो पार्टीको सचिव क. विप्लवले पार्टी धारणा र्सार्वजनिक पनि गरिसक्नुभएको छ । यसबीचमा हाम्रो अध्यक्ष र प्रचण्डबीच भेट पनि भयो । भेटमा जुन विषयवस्तुमा छलफल भएको थियो, त्यसलाई बङ्गयाएर पार्टी एकीकरणको कुरा जसरी बाहिर उचालियो, यो सबै हेदा प्रतिक्रियावादीहरू र एमाओवादीलाई पनि कतै न कतै नेकपा-माओवादीको कुरा नगरी उनीहरूको पनि दाग गल्दैन भन्ने प्रस्ट भएको छ । अहिले नेकपा-माओवादीले जुन एजेण्डा अगाडि सारिरहेको छ, जुन ढङ्गले आफ्नो अडान कायम गरिरहेको छ । यस विरुद्धमा भ्रम सिर्जना गर्ने, आमक्रान्तिकारी देशभक्त शक्तिहरूलाई भ्रम सिर्जना गर्ने षड्यन्त्रको रूपमा पनि पार्टी एकताको कुरा उठाइँदैछ । हामी एक मात्र क्रान्तिकारी पार्टी नुको नाताले नेपालका सबै क्रान्तिकारीहरूलाई एकताबद्ध गरेर, सहकार्य गरेर अगाडि बढ्नुपर्ने स्थिति छ, त्यसको निम्ति हामीले अपिल गरिरहेका छौँ, हामी यसमा लागिरहेका छौँ ।
० पार्टी पूण् बैठकले निर्वाचनलाई सक्रिय र सशक्त बहिष्कार गर्ने नीति लिएपछि ३३ दलीय मोर्चामा फाटो आएको चर्चा प्रचारमा आएको छ, वास्तविकता के हो ?
यो कुरा सत्य होइन । अहिले हामीले लिएको नीतिले चिरा पर्ने होइन झन् दरिलो बन्छ । किनकि उनीहरूले पनि हाम्रो पार्टीलाई सुझावहरू दिएका थिए । अहिले हामीले कथित संविधानसभाको चुनावमा लिएको नीतिले ३३ दललाई अझ सुसंगठितरूपमा अगाडि बढाउने नीति लिएको छ । हाम्रो यही सुगठित हुने कुरा बुझेर नै विरोधीहरूले अफवाह फैलाएका हुन् ।
० चुनाव रोक्नचाहिँ तपाईंहरू के-के गर्नुहुन्छ त ?
मुख्य कुरा वार्ताको ढोका हामीले खुला नै छाडेका छौँ । वार्ताबाट समस्या समाधान होस् भन्ने हाम्रो चाहना छ । अर्को कुरा हाम्रो पूण् बैठकले लिएका निर्णहरू हामी देशव्यापीरूपमा सम्प्रेषण गर्र्छौं र पार्टी पनि तयारी अवस्थामा राख्छौँ । सबै तहबाट पहलकद्मी लिन तयार भएर बस्छौँ । सबै देशभक्तहरूसँग, प्रगतिशील शक्तिसँग, राष्ट्रव्यापीरूपमा सबै तह र तप्कासँग सहकार्य गर्र्छौं । टेबलबाट निकास निकाल्नुको निम्ति अझ अपिल गर्र्छौं । यति गर्दागर्दै पनि षड्यन्त्र हुन थाल्यो भने सडकमा जान्छौँ । एउटा ठूलो जनसंर्घषको उठानको वैकल्पिक बाटोतिर लाग्दछौँ । टेबलबाट समस्याको समाधान भएन भने संर्घषमा जान्छौँ ।
० तपाईंको पार्टीलाई त सेना, प्रहरी लगाएर ठीक पार्र्छौं भनेर सरकार र चार दलले भनिरहेका छन् नि, के भन्नुहुन्छ ?
यी दलालहरूको पकेटको सेना र प्रहरी भएको भए अहिले नै प्रयोग गरिसक्थे । नेपालको सेना, नेपालको सुरक्षा निकायले राष्ट्रवाद के हो – के गर्दा राष्ट्रिय स्वाधीनताको रक्षा हुन्छ, नेपालको कुन राजनीतिक दलले राष्ट्रिय स्वाधीनताको मुद्दा उठान गरिरहेको छ , कुन राष्ट्रवादी पार्टी , कुनचाहिँ राजनीतिक पार्टी साँच्चिकै लोकतन्त्र चाहन्छन्, साँच्चै जनताको राजनीतिक अधिकारहरू चाहन्छन् भन्ने कुरा नेपालको सुरक्षा निकायले राम्रोसँग बुझिसकेको छ । त्यसैले यिनी दलालहरूको राष्ट्रघात र जनघाती कार्य पूरा गर्ने साधन नेपालको सुरक्षा निकाय हुन्छ भनेर कसैले सोचेको भए त्यो मूखतापूण् सोचाइ हुन जान्छ । दलालहरूले यदि यस्तो हर्कत गरे भने हामी जनताको शक्ति प्रयोग गर्र्छौं । यो दलालहरूले विचार गरिराखे हुन्छ । जनसंर्घषमार्फ् परिवर्तनको प्रक्रियामा आफ्नो अन्तिम कुवानी गरिराखेका महान् नेपाली जनताको शक्ति हामी प्रयोग गर्र्छौं । त्यो शक्ति प्रयोग गर्नुपर्यो भने दलालहरूको के स्थिति हुन्छ त्यो उनीहरूले बुझिराखे हुन्छ ।
० भनेपछि घुमाइ-फिराइ तपाईंहरू फेरि जनयुद्धकै तयारी गर्दै हुनुहुन्छ ?
त्यसो होइन । हामी वर्तमान राजनीतिक संकटको निकासको निम्ति शक्तिशाली जनसंर्घषको पक्षमा छौँ । कुरा यति मात्र हो, हाम्रो अन्तिम विकल्प भनेको जनताको शक्तिशाली संर्घषबाट अहिलेको प्रतिगमनलाई निस्तेज पार्ने भन्ने नै हो ।
० अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अहिले देश अत्यन्तै संकटपूण अवस्थाबाट गुज्रिरहेको छ । यो बेलामा आमक्रान्तिकारीहरू आमदेशभक्त नेपाली जनताहरू, आमपरिवर्तनकारी र प्रगतिशील जनताहरू सबै राष्ट्र र जनतालाई वर्तमान संकटबाट मुक्त गर्नको लागि एकताबद्ध हुनु जरुरी छ । जसबाट राष्ट्रिय स्वाधीनता पनि सम्भव छ, जसबाट नेपाली जनताको राजनीतिक स्वतन्त्रता पनि सम्भव छ र त्यसको सुनिश्चितता गर्ने संविधान पनि सम्भव छ । यसको निम्ति नेकपा-माओवादी जुनसुकै मूल्य चुकाएर पनि नेतृत्व लिन तयार छ । माओवादीको यस कार्यमा सबै तह र तप्काले साथ र सहयोग दिउँ भनेर सबैलाई अपिल गर्दछु ।

प्रतिक्रियाहरु