चुनावलाई सडकबाट खारेज गर्र्छौं – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटव्यूरो सदस्य-नेकपा-माओवादी

२०७० कार्तिक २३ गते, शनिबार

० तपाईंहरूले विरोध गर्दागर्दै पनि चुनाव त हुने नै भयो, होइन छ ?
चुनाव हुने नै भयो भन्ने होइन चुनाव त नहुने भयो । अहिलेको राष्ट्रिय राजनीतिक माहोल हेर्नु भयो भने चुनाव नहुने परिवेश तयार भइसकेको छ । सुरुमा चार दलीय संयन्त्र र सरकराले संविधानसभाको चुनाव गर्ने नाटक गरिसकेपछि त्यसले एउटा ठूलो प्रश्न नेपाली राजनीतिमा उब्जायो । यसको बारेमा माओवादी पार्टीको धारणा के हुन्छ, के नीति अख्तियार गर्छ, के प्रतिक्रिया दिन्छ ? भन्ने आमनेपाली जनताको चासो थियो । हामीले पार्टीको पोखरा बैठकबाट यो संविधानसभाको चुनाव होइन नाटक हो । यसले प्रतिक्रान्तिको प्रतिनिधित्व गर्दैछ । यसले राष्ट्रघातको प्रतिनिधित्व गर्दैछ । देशलाई पूरा दलालीकरणमा लाने प्रपञ्चको प्रतिनिधित्व गर्दैछ । त्यसकारण यो चुनाव नेपालको क्रान्तिको प्रक्रियाका विरुद्धमा प्रतिक्रान्तिको प्रतिनिधित्व गरेर आएको हुनाले यो संविधानसभाको चुनावलाई पार्टीले बहिष्कार गर्नुपर्छ र संर्घष्ाबाट यसलाई ध्वस्त पार्नुपर्छ भन्ने नीति लिएको छ । हाम्रो पार्टीको यस नीतिबाट आमनेपाली जनताले अब संविधानसभाको चुनाव हुँदैन भनेर भनिसकेका छन् ।
त्यसपछि संविधानसभाको चुनावको नाटक गर्दै गत असोज १७ गते संविधानसभा उम्मेदवारको मनोनयन गर्ने काम गरे । पूवनिर्धारित असोज ९ र १० गतेको उम्मेदवार मनोनयनको मिति हाम्रो संर्घष र जनताको पहलकद्मीबाट आतंकित भएर १७ गतेको लागि सारे । यस समय दशैँको संघार थियो । आमनेपाली जनताको चाड र मनोविज्ञानलाई ध्यानमा राखेर हामीले पूर्व निर्धारित कार्यक्रमलाई केही सुधार गर्यौँ । हाम्रो आन्दोलनको कार्यक्रममा सुधार देखेर यी दलालहरू चुनाव हुन्छ भन्ने थोरथोरै उत्साहित हुने मुर्खता गरिरहेका छन् । चुनाव हुन्छ हुन्छ भन्दै यिनका मिडियाका विगहाउसहरू धेरै प्रयोग गरिरहेका छन् कि मानौँ अहिलेको यो चुनाव मिडियाले गरिदिने छ जस्तो । जुनमा जनताको सहभागिता चाहिँदैन, पार्टीको भूमिका चाहिँदैन, मिडियाले चुनाव गरिदिने जस्तो गरेर प्रचारप्रसार गरिएको छ । यसले जनताका थोरै द्विविधा सिर्जना गरिदिएको थियो । जब हामीले गत कात्तिक १ गतेदेखि लगातार यसको राजनीतिक दृष्टिले जनताको पहलकद्मीबाट संर्घष्ाको दृष्टिले जसरी प्रतिवाद गर्दै गएका छौँ, जनताले चुनावलाई अस्वीकार गर्दै गएका छन्, यसबाट अब चुनाव हुँदैन भन्ने पक्का भएको छ । त्यसैले चुनाव हुन्छ भन्ने होइन, चुनाव हुँदैन ।
पछिल्लो चरणमा माओवादीले संर्घष र जनताको पहलकद्मीबाट यो चुनावको डिजाइनरहरू र त्यो डिजाइनलाई नेपालमा लागू गर्न खोज्ने नोकरहरू भयंकर आतंकित भएका छन् । यसकारण पनि चुनाव भयंकर संकटमा परेको छ । अर्को कुरा, यो चुनावको राजनीतिक औचित्य पूरा गर्न नसकेपछि नेपाली जनताको जनसंविधान बनाउने षड्यन्त्रभित्र प्रतिसमूहबाट आतंकित भएर नेपाली सेना प्रयोग र परिचालन गर्ने मर्ूखता गरे । किन यो मुर्खता गरे? नेपाली सेना यी दलालहरू जस्तो बेबकुफ छैन तर किन सेनाको सहारा लिन पुगेभन्दा यिनको संविधानसभा चुनावरूपी राजनीतिक कार्यक्रम जुन छ, त्यो अहिले राष्ट्र, जनता र राष्ट्रिय स्वाधीनताका विरुद्ध थियो । त्यसकारण सेनाको सहारा लिन बाध्य हुनपर्यो । नेपालको सुरक्षा निकायले राष्ट्र र जनताविरोधी हर्कतमा साथ दिँदैन र दिनु पनि हुँदैन । यी सबै घटनालाई हेर्ने हो भने पनि चुनाव संकटमा परिसकेको प्रस्ट हुन्छ । अझै अर्को कुरा, हामी त निरन्तर जनताको पहलकद्मीको नेतृत्व गर्दै अब आगामी दिनहरू आँधीहूरीका दिनहरू हुनेछन् । यसकारण पनि यो चुनाव संकटमा परिसकेको छ, चुनाव सम्भव छैन ।


० चुनाव हुँदैन न त भन्नुभयो तर तपाईंको आन्दोलन पनि ठोसरूपमा अगाडि बढाउन सक्नुभएको छैन भनिन्छ नि ?
यो सत्य होइन, हाम्रो आन्दोलन ठोसरूपमै अगाडि बढिरहेको छ । हाम्रो पार्टीको पोखरा बैठकले बहिष्कार कार्यक्रमको उद्घाटन श्रावण १० गतेबाट गर्ने निर्णय लिएको थियो । हामीले तीन चरणमा कार्यक्रम अगाडि लाने नीति लिएका थियौँ । पहिलो र दोस्रो चरणको कार्यक्रमहरू सफल भइसकेका छन् । अहिले हामी तेस्रो चरणको कार्यक्रममा छौँ । कात्तिक १ गतेदेखि यो कार्यक्रम सुरु भइसकेको छ । कात्तिक १ गतेदेखि अहिलेसम्मको स्थिति हर्ेर्नुभयो भने जनतामा उत्साह बढेको छ । जनता आफैँले आन्दोलन गर्न पाउँदा र त्यसको नेतृत्व माओवादीले लिइदिँदा जनतामा उत्साह बढेको छ । पार्टीभीत्रका क्रान्तिकारी र इमानदार कार्यकर्तामा उत्साह पैदा भएको छ, सक्रियता बढेको छ । जनता आफैँले पहल गरेर यो चुनाव हाम्रो क्रान्तिको विरुद्धमा आयो भनेर प्रतिवाद गरिरहेका छन् । यसरी हेर्दा आमपरिवर्तन चाहने, क्रान्ति चाहनेहरू अहिलेको यो गडबढीका विरुद्ध आफूलाई समर्पित गर्न चाहनेहरूलाई उत्साहित बनाएको छ । यो पहलकद्मी निरन्तर अगाडि बढिरहेको छ । अब हामी छिट्टै पर्ूवघोषित कार्यक्रमबमोजिम दस दिने आमहड्ताल र आमनेपालबन्द कार्यक्रममा अगाडि बढ्छौँ । आमनेपाली जनताले माओवादीले ठीक गर्यो भनिरहेका छन् । दस दिने आमहड्तालको लागि आमनेपाली जनताहरू तपार भइसकेका छन् । तर, पनि देशभरका जनताबाट सुझाव आउँदा दस दिने नेपाल बन्द र आमहड्तालको कार्यक्रमलाई अझ परिस्कृत र परिमार्जन गर्नुपर्ने जरुरी भएको छ ।
० तपाईंहरू आन्दोलन घोषणा गर्नुहुन्छ, फेरि जनताको नाम लिँदै फिर्ता लिनुहुन्छ, यसले त जनतामा निराशा पैदा गराएको छ भनिन्छ नि ?
यो सत्य होइन । कतिपय सर्न्दर्भमा, संर्घष्ाको दौरानमा, क्रान्तिको दौरानमा परिस्थितिमा आउने फेरबदलको आधारमा जनताको पार्टीले आफ्ना कार्यक्रहरूमा पनि परिमार्जन गरिरहनु पर्छ । नत्र त्यो यान्त्रिक हुने, जड् हुने र त्यो संर्घष्ाको कार्यक्रमले फाइदाभन्दा बढी बेफाइदा हुने हुन्छ । यसमा पनि ध्यान दिनुपर्ने हुन्छ । अर्को कुरा कतिपय टेक्निकल कुरामा ध्यान नपुर्याउँदा घोषणा गरिएका कार्यक्रम जनताको आकांक्षा भावनासँग कतै बाझिएका हुन्छन्, त्यसमा जनताको सल्लाह र सुझावलाई पनि जनताको पार्टी हुनुका नाताले गम्भीरता पुर्बक लिनुपर्ने हुन्छ र आफ्ना कार्यक्रमलाई त्यसलाई समावेश गराउनुपर्ने हुन्छ । यसरी गरिने परिमार्जनले जनताको सहभागिता नै जुट्छ । यसबाट पार्टी र जनताको सम्बन्ध थप प्रगाढ हुँदै जान्छ ।
० तपाईंहरूले सरकार, विदेशी राष्ट्रहरूको दबाब थेग्न नसकेर आन्दोलनको कार्यक्रमहरू फेरबदल गर्नुभएको हो भनिन्छ नि, वास्तविकता के हो ?
यो गलत कुरा हो । राष्ट्र र जनताको निम्ति इतिहासमा कसैले थाम्न नसकेको भएर नेकपा-माओवादीले थामिरहेको छ । माओवादीलाई कसैले झुकाउन सक्छ भने, यसलाई कसैले गम्भीर बनाउन सक्छ भने त्यो एउटा मात्र शक्ति छ, त्यो भनेको नेपाली जनता हो । अझ कसैले पनि चाहे त्यो राष्ट्रिय शक्ति होस् वा अन्तर्रर्ााट्रय शक्ति माओवादीलाई झुकाउन सक्छौँ भन्ने मर्ूखता नगरे हुन्छ, नसोचे हुन्छ । त्यो धृष्टता मात्र हुन्छ ।
० सरकार जस्तोसुकै मूल्य चुकाएर पनि चुनाव गराइछाड्ने, तपाईंहरू जसरी पनि बहिष्कार गरेर नै छाड्ने बताउनु हुन्छ, देश त फेरि द्वन्द्वतिर जाने नै भयो होइन त ?
यो सरकारसँग मूल्य चुकाउने हैसियत नै छैन, के मूल्य चुकाउने – यो बेकारको वाहियात कुरा हो । यो त नेपालको राजनीतिक जीवनमा नेपाली राजनीतिक आन्दोलनमा पछिल्लो दिनमा डरलाग्दो ढङ्गले प्रतिक्रान्ति र प्रतिगमनको नेतृत्व गरेर आएको संविधानसभाको चुनाव छ, त्यसलाई जसरी पनि सम्पन्न गर्र्छौं भनेर राजनीतिक लालहरू उप्रिmरहेका छन् । त्यसलाई जसरी भए पनि सम्पन्न गर्र्छौं भनेर निवृत्त भएका प्रशासकहरूको चुत्थो सरकार पनि कुर्लिरहेको छ । यिनीहरू संविधानसभाको चुनाव गर्दै छैनन् । कथित संविधानसभाको चुनावको नाममा यो देशमा उनीहरूको निहित स्वार्थ पूरा गर्नको निम्ति, मालिकको सेवा गर्नको निम्ति र आफ्नो सत्तास्वार्थसिद्ध गर्नको निम्ति देश र जनता भाँडमा जाओस् भन्दैछन् । नेपाली जनता र राष्ट्रका विरुद्धमा द्वन्द्व थोपर्ने, युद्ध थोपर्ने मुखले गर्दैछन् । हाम्रो चुनौती यो मर्ूखता नगर, यो मर्ूखता गरिराख्यौ भने नेपाली जनतालाई संगठित गरेर राष्ट्रिय स्वाधीनताको मुद्दामा र नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन र जनताको संविधान निर्माणमा आमनेपाली जनताको मोर्चा बनाएर हामीले यो द्वन्द्व थुपार्न खोज्नेहरूविरुद्धमा हामी निरन्तर प्रतिवाद गर्र्छौं, यो कुरा तिनीहरूले राम्रोसँग बुझिराखे हुन्छ ।
० भनेपछि तपाईंहरू पुनः जनयुद्ध तयारीमा लाग्नुभएको जस्तो देखिन्छ नि ?
नेपालको क्रान्ति निरन्तर प्रक्रियामा छ । क्रान्ति पूरा भएको छैन, क्रान्तिको प्रक्रिया जारी छ । १० वर्षो जनयुद्ध यसको सशस्त्र स्वरूप थियो । २०६३ देखि यहाँसम्म यो टेबलमा आयो, टेबलमा आउँदा वार्ता, संवाद, राजनीतिक चरणमा अगाडि बढ्नुभन्दा प्रतिक्रियावादीहरूको षड्यन्त्रको घेरामा परेको छ, अहिले नेपाली क्रान्ति । हामी क्रान्तिलाई बचाउन चाहन्छौँ । क्रान्तिलाई बचाउन कथित संविधानसभाको चुनावलाई रोकौँ भनेर टेबलमा भनेका थियौँ, त्यसको सुनुवाई भएन, अब हामी यसलाई सडकबाट खारेज गर्र्छौं । यस कथित चुनवालाई सडकबाट खारेज गरिसकेपछि राष्ट्रिय सहमतिको वातावरण बनाई त्यही सहमतिबाट जनताको संविधान बन्ने सुनिश्चित वातावरण बनाउने हाम्रो उद्देश्य हो । यसैलाई अहिले उनीहरूले चुनावविरोधीतत्व भनेर भन्न खोजिरहेका छन्, बकबासपूर्ण अभिव्यक्तिहरू र्सार्वजनिक गरिरहेका छन् । हामीलाई दमन गर्ने, हामीमाथि यिनीहरूको प्रतिक्रियावादी, युद्ध थोपर्ने मुखता गर्दैछन् । हामी त्यसको पूर्ण प्रतिवाद गर्र्छौं । त्यो प्रतिवाद भनेको नेपाली क्रान्तिको निरन्तरता हो ।
० त्यसो भए नेपाली जनता र राष्ट्रले चाहिँ कहिले निकास पाउने त ?
अब छिट्टै निकास निस्कन्छ । कि त टेलबाट छिट्टै निकास पाइन्छ, यो चुनाव रोकिन्छ कि त जनताले आफ्नो अन्तिम शक्ति प्रयोग गर्नुपर्छ । सडकबाट फैसला हुन्छ, अब धेरै दिन पर्खनु पर्दैन ।
० जनतालाई आश्वास्त पारिदिनुस् न कसरी संकटमुक्त ?
अहिले नेपाली जनताले आफ्नो पहल आफ्नो पार्टी नेकपा-माओवादीमार्फत गरिरहेका छन् । टेबलबाट, वार्ता, संवाद र सहमतिबाट जनताको संविधान निर्माणको एजेण्डालाई सम्बोधन गर्न दलालहरू तयार भएनन् । यिनका मालिकहरूले पनि यिनलाई तयार हुन दिएनन्, सरकार पनि तयार भएन । अब नेपाली जनताले यी तमाम षड्यन्त्रविरुद्ध सडकबाट प्रतिवाद गरेर, सडकबाट त्यसलाई खारेज गरेर नेपाली राजनीतिमा नयाँ पहलकद्मी लिनुपर्छ र त्योमार्फ् जनताको संविधान सुनिश्चित हुन्छ । सधैँ देशलाई द्वन्द्वमा धकेलेर आफ्नो स्वार्थसिद्धि गर्न चाहने तत्वहरू पनि असफल हुन्छन् र पाखा लाग्छन् । जनता त्यसकै तयारीमा जुटिसकेका छन् ।
० अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अहिले देश इतिहासकै अत्यन्त चुनौतीपूण् मोडमा छ । यो बेलामा जनताको पार्टी हुनुले नेकपा-माओवादीले दृढताका साथ पहलकद्मी लिनुपर्छ र नेपाली जनताले पनि अन्तिमरूपमा पहलकद्मी लिनुपर्छ । जित सुनिश्चित छ, माओवादी पार्टीको नेतृत्व र नेपाली जनताको एकता र पहलकद्मीमा अब छिट्टै यो देशले नयाँ स्वरूप ग्रहण गर्छ, त्यसको निम्ति एक पटक साथ दिन आम नेपाली जनतालाई हार्दिक अपिल गर्दछु ।

प्रतिक्रियाहरु