कथित संविधानसभा षड्यन्त्र गर्ने थलो बनिरहेको छ- खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य- नेकपा-माओवादी

२०७१ जेष्ठ ३ गते, शनिबार

० हालै तपाईंको पार्टीको पोलिटब्युरोको बैठक सम्पन्न भएको छ, बैठकले के-के निर्णय गर्यो ?
अहिलेको हाम्रो पोलिटब्युरोको बैठक नेपाली राजनीति पार्टी जीवनको एउटा महत्वपूर्ण समयमा भएको छ । यो समयमा हाम्रो पार्टीको राष्ट्रय राजनीतिमा के भूमिका हुने र पार्टीको जीवन कस्तो हुन्छ र पार्टी कसरी अगाडि बढ्छ भन्ने विषयलाई केन्द्रभागमा राखेर अहिलेको पोलिटब्युरोको बैठकमा हामीले गम्भीरताका साथ छलफल गर्यौँ । छलफलबाट हामी पार्टीको राष्ट्रिय सम्मेलन गर्दैछौँ । त्यो राष्ट्रिय सम्मेलनमा पार्टीलाइ वैचारिक दृष्टिले, राजनीतिक दृष्टिले र पार्टी निर्माणको दृष्टिले अथवा विचार, कार्यदिशा र कम्युनिष्ट पार्टी निर्माणको दृष्टिले गुणात्मक रुपमा महत्वपूण् छलफल गरेका छौँ । पार्टीको आन्तरिक जीवन जुन छ, त्यसलाई गुणात्मकरुपले रुपान्तरण गर्नुपर्ने गुणात्मकरुपले बदल्नुपर्ने एउटा आवश्यकता हामीले महसुस गरेका छौँ । अर्को कुरा, नेपाली राजनीतिमा अबको दिनमा पार्टीले नेतृत्वदायी र निर्णायक भूमिका हुनुपर्छ । त्यो भूमिकालाई सुनिश्चित गर्न पार्टीले समग्र दृष्टिले सोच्नुपर्छ भन्ने हामी त्यो बैठकबाट निष्कर्षमा पुगेका छौँ ।
हामीले राष्ट्रिय सम्मेलनको तयारी क्रममा पार्टी निर्माणको एउटा नयाँ अभियानको रुपमा सुदृढीकरणको योजना अगाडि बढाएका थियौँ । त्यो आधारमा हाम्रो यो बैठकसम्म आइपुग्दा लगभग-लगभग जिल्ला सम्मेलनहरू सम्पन्न भइसकेका छन् । ती जिल्ला सम्मेलनहरू प्रभावकारीरुपमा सम्पन्न भए । पार्टी सुदृढीकरणको दृष्टिले यो ज्यादै महत्वपूर्ण विषय थियो । यो उपलब्धि हामीले हासिल गर्यौँ । कतिपय ठाउँमा केही समस्या देखिए, ती समस्यालाई विश्लेषण गर्दा जसरी माओवादी पार्टी०६३ सालयता प्रचण्डको नेतृत्वमा थियो र यसले विघटन, बिर्सजन, विकृतिको सामना गर्नुपरेको थियो, पछिल्लो दिनमा पार्टीलाई नयाँ ढङ्गले संगठित गर्नुपर्ने भयो, त्यसको नेकपा-माओवादीले ऐतिहासिक जिम्मेवारी लियो । यी समस्यालाई विगतको त्यही समस्या र विकृतिको अवशेषको रुपमा हामीले बुझेका छौँ । यस विषयमा पनि पोलिटब्युरोमा छलफल भएको छ । यसलाई आगामी दिनमा दृढ ढङ्गले सच्याउनको निमित पोलिटब्युरोले स्थायी समितिलाई जिम्मेवारी दिएको छ । घटनाको गम्भिरताको साथ अध्ययन गरिनेछ, तथ्यपरक अध्ययन गरिनेछ र त्यसको समाधान न्यायसङ्गत ढङ्गले गरिनेछ । त्यसको जिम्मा स्थायी समितिलाई दिइएको छ । समग्रमा भन्नुपर्दा पार्टी पोलिटब्युरो बैठक ऐतिहासिक भएको छ ।
० बैठकबाट पार्टीकीकरणको निम्ति छ बुँदे प्रस्ताव तयार भएको र्सार्वजनिक भएको छ, यथार्थता के हो?
नेकपा-माओवादीको हैसियतबाट सोद्धा र पार्टी आफ्नो जिम्मेवारी निर्वाह गर्ने कोणबाट सोद्धा माओवादी पार्टीको नेतृत्वमा नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी ध्रुवीकरण र क्रान्तिकारी एकीकरणको वस्तुगत आवश्यकता भयो भन्ने निष्कर्षमा हामी पुगेका छौँ । यसैको व्यवहारिक पहलको निम्ति अहिले हाम्रो पोलिटब्युरोको बैठकबाट नेपालमा कम्युनिस्ट आन्दोलनभित्र विभाजित भएर बसेका कम्युनिस्ट क्रान्तिकारीहरूसँग माओवादी पार्टीको पहलमा एकीकरण अघि बढाउनको निम्ति हामीले छ बुँदे एकीरकणका आधारहरू अथवा क्रान्तिकारी कम्युनिस्ट पार्टे एकताका आधारहरू भनेर प्रस्तुत गरेका छौँ । हामीले यो आधारहरू प्रस्तुत गर्दा नेपालका कम्युनिस्ट आन्दोलनका विभिन्न सेक्टरमा रहेका कम्युनिस्ट क्रान्तिकारीहरूलाई यसले प्रज्ज्वलित गरेको छ, उद्वेलित गरेको छ र उत्साहित गरेको छ । यसबाट देशी, विदेशी प्रतिक्रियावादीहरू र अवसरवादीहरू भयंकर आतंकित भएका छन् र त्यो ढङ्गका अभिव्यक्ति र षड्यन्त्र पनि सुरु गरिसकेका छन् ।
हाम्रो छ बुँदेलाई अलिकति कुनै पार्टीवशेषसँग लिएर जोड्ने र आफ्नो पार्तिसगा जोडेर बढी व्याख्या गर्ने केही हर्कतहरू देखिएको छ । यो ढङ्गले व्याख्या गर्नु भनेको यसलाई संकुचन गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने खेल मात्र हो ।
० यो छ बुँदे प्रस्ताव एमाओवादीलाइ नै केन्द्रित गरेर ल्याइएको भन्ने प्रचारमा आएको छ, वास्तविकता के हो ?
मैले अघि नै भनिसकेँ, यो हामीले कुनै पार्टी बिशेषलाई फोकस गरेर ल्याएको होइन । नेपालको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनलाई मध्यनजर गरेर हामीले छ बुँदे प्रस्ताव ल्याएका हौँ । यसले माओवादी पनि योसँग सम्बन्धित हुन्छ । मसाल पनि सम्बन्धित हुन्छ । एकता केन्द्र, मणिजीको पार्टी, मातृकाजीको पार्टीलगायत सबै कम्युनिस्ट पार्तिसगा सम्बन्धित हुन्छ, वास्तकिता यही हो ।
० राष्ट्रिय सम्मेलनको तयारी गर्दै हुनुहुन्छ, स्थिति कस्तो छ ?
अहिलेसम्मको तयारीमा हामीले राष्ट्रिय सम्मेलनमा वैचारिक, राजनीतिक दृष्टिले अलिकति गत केन्द्रिय समितिको बैठक, त्यसपछि पोलिटब्युरोमा हामीले जुन छलफल गरेका थियौँ । त्यसलाई तलसम्म लैजाँदा एउटा वैचारिक रुपमा सम्प्रेषण गरेका छौँ । हामीले संगठनलाई केन्द्रीय समितिदेखि सेल कमिटीसम्म सुदृढीकरण गर्न खोजेका थियौ, यो सम्पन्न भएको छ । अब राष्ट्रिय सम्मेलनमा तीनवटा हाम्रो अभिभारा हुन्छन् । एउटा, यो पार्टीको विचारलाई विकास गर्ने, दोस्रो- कार्यदिशालाई विकास गर्ने, तेस्रो -पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने यसैको आधारमा हामी राष्ट्रिय सम्मेलन गर्दछौँ ।
० संविधानसभाको निर्वाचन बहिष्कारमा असफल भएपछि कार्यकर्तालाई भुलाउन राष्ट्रिय सम्मेलन तिर लाग्नुभएको भनिन्छ नि के हो ?
संविधानसभाको बहिष्कार कार्यक्रम असफल भयो भन्ने सत्य होइन । त्यो मूलभूतरुपमा हाम्रो आफ्नो दृष्टिकोण, नीति र कार्यक्रमको दृष्टिले सही थियो । अहिले नेपाली राजनीतिले त्यो देखाई पनि सकेको छ । जहाँसम्म त्यसलाई कार्यान्वयन गर्ने र प्रयोग गर्ने सम्बन्धमा नेपाली राजनीति जति प्रभावकारिता जरुरत थियो, त्यति नभएको भन्ने त हामीले पार्टीीत्र पनि आवाज उठाएका छौँ, जनताले पनि महसुस गरेको छ भन्ने नै हो । तैपनि माओवादी पार्टी एउटा विचार हो, प्रवृत्ति हो, एउटा भौतिक शक्ति हो र यसले राष्ट्र र जनताकोबारेमा आफ्ना महत्वपूण दृष्टिकोणहरू र आफ्ना सही नीतिहरू अगाडि सारेको छ भन्ने नेपाली राजनीतिमा स्थापित भएको छ । त्यसैले अहिले राष्ट्रियता र जनवादका विरुद्धमा देशी, विदेशी षड्यन्त्रहरू मडारिरहेको छ, त्यो बेलामा आमराष्ट्रवादी शक्तिहरू, कम्युनिस्ट क्रान्तिकारीहरू, प्रगतिशील शक्तिहरूएकजुट हुनुपर्छ । अहिले तिनीहरूले माओवादी पार्टीीई विकल्पको रुपमा हेर्नुको पछाडिको कारण पनि यही हो । वहिष्कार आन्दोलनले हामीलाई पनि एउटा चेतना र एउटा अनुभव दिएको छ । वहिष्कार आन्दोलनलाई आवश्यक प्रभावकारी किन गर्न सकिएनभन्दा मूलभूतरुपमा यो पार्टी कार्यदिशा र कार्यक्रमको दृष्टिले र त्यसको नेतृत्व गर्ने क्षमतावान् पार्टी दृष्टिले थप मेहनत गर्नुपर्ने, थप विकास गर्नुपर्ने अनुभूति हामीलाई भएको छ । त्यसैलाई परिपूर्ति गर्नको निम्ति हामी राष्ट्रिय सम्मेलन गर्दछौँ ।
० संविधानसभाका निर्वाचनपछि तपाइहरु राष्ट्रिय राजनीतिकबाट एक्लिएको जस्तो देखिन्छ, के भन्नुहुन्छ ?
सबै पार्टी एकजुट भएको, हामी एक्लिएको होइन । नेपालमा खुला र छद्म जुनसुकै रुपमा भए पनि प्रतिक्रियावादी, दलालहरू अवसरवादीहरू एक ठाउँमा भएका हुन् भने राष्ट्रवादी , क्रान्तिकारी, परिवर्तनकारी, सच्चा गणतन्त्रवादी शक्ति एकातिर भएको हो । यो परिवर्तनकामी शक्तिको नेतृत्व नेकपा-माओवादीले गरिराखेको छ, यो एउटा ध्रुव हो । अर्कोतिर दलालहरूको प्रतिक्रियावादीर अबसर्बादीहरुको अर्को ध्रुव छ, जसको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ । नेपाली काँग्रेसको छाताभित्र अहिलेका संविधानसभाभित्र भएका संसदबादी पार्टीहरु रहेका छन्, सत्य कुरा यही हो । यो कथित संविधानसभाबाट जनसंविधान बन्ने सम्भावना पनि छैन, देशमा शान्ति कायम गर्न सक्नेवाला पनि छैन । त्यसकारण, यो कथित संविधानसभा जुन जनसंविधान निर्माणका विरुद्ध षड्यन्त्र गर्ने , संविधान निर्माणको अभियानलाई भाँड्ने र अशान्ति मच्चाउने र देशलाई कुनै न कुनै ढङ्गले द्वन्द्वमा धकेल्ने षड्यन्त्र गर्ने थलोको रुपमा क्रियाशील भइरहेको छ । यसबाट निकास सम्भव छैन । त्यसैले विगतका जनयुद्ध र जनआन्दोलनका राजनीतिक उद्देश्य त्यसका उपलब्धि र त्यसको भावनालाई संविधानमा सम्बोधन गर्ने हो भने अहिले कथित संविधानसभाभित्र रहेका दल र नेकपा-माओवादीका बीचमा राष्ट्रिय रुपमा बहस हुन जरुरी छ, नयाँ राजनीतिक सहमति हुन जरुरी छ । त्यो नयाँ राजनीतिक सहमतिले संविधानको पनि सुनिश्चितता गरोस् र देशलाई अग्रगमनतर्फडोर्याएर शान्ति कायम गरोस् भन्ने नै हो । यो हुन सकेन भने समस्या ज्युँका त्युँ रहन्छ । अहिले हामीले जोड गरिराखेका भनेको राष्ट्रिय सहमतिको निम्ति राष्ट्रिय राजनीतिक सम्मेलन नै हो । यो नै अहिलेको सर्न्दर्भमा संसद्वादी दल र माओवादी पार्टीलाई राष्ट्रको विषयमा एक ठाउँमा ल्याएर नयाँ ढङ्गले सोच्ने उचित नीति सही कार्यक्रम र सही बिन्दु हो । हामी अन्तिम पटक कोसिस गर्र्छौं, उहाँहरू तयार हुनु भएन भने उहाँहरूका कारण संविधान बन्दैन, उहाँहरूका कारण अशान्ति मच्चिन्छ र त्यसलाई नियन्त्रण गर्नको निम्ति हामी आन्दोलनमा जान्छौँ ।

प्रतिक्रियाहरु