कोरोना संक्रमितको संख्या १५, ७८४ पुग्यो !

२०७७ असार २१ गते, आईतवार

काठमाडौँ , २१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना भेटिएका हुन् । शिक्षण अस्पतालमै भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् । देशमा हालसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय बढी निको भएर घर फर्किएका छन् ।

प्रतिक्रियाहरु