प्रेसर हर्न बजाउने कारबाहीमा

२०७० श्रावण १ गते, मंगलवार

काठमाडौं, १ साउन – ट्राफिक प्रहरीले गतअसार १८ गतेदेखि हालसम्म काठमाडौं उपत्यकामा प्रेसर हर्न जडान गरी ध्वनी प्रदुषण बढाउने झण्डै १ हजार सवारी साधनलाई कारबाही गरेको छ ।गएको असार १८ गतेदेखि हालसम्म ९ सय ९३ वटा सवारी साधनमा जडान गरेका प्रेसर हर्नका उपकरण समेत झिक्न लगाई १ हजार देखि ५ हजारसम्म जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।विशेष गरी सार्वजनिक सवारी साधनले सवारी साधनमा कम्पनीबाट जडान भएर आएको हर्नको साटो चर्को ध्वनीका डिजिटल/प्रेसर हर्न जडान गरी चलाउने गरेको पाइएको छ ।यस्ता हर्नको अत्यन्त तिखो ध्वनीले सर्वसाधारण, सडक प्रयोगकर्ता विशेष गरी वालबालिका र बृद्धबृद्धाको श्रवण शक्ति नष्ट गरि बहिरोसमेत बनाउन सक्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार