अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

२०७४ पुष २० गते, बिहीबार

काठमाडौं, २० पुस । आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको आयोजना नेपाल राष्ट्रिय दोर्जे शुम्देन समाजले गरेको हो । सम्मेलनमा नेपाल, चीन, श्रीलंका, ईटली, अमेरिका, जर्मनलगायत ८० राष्ट्रका वौद्ध धर्मावलम्बीको सहभागिता छ । सम्मेलनमा गौतम बुद्धले विश्वका लागि दिएको शान्तिको अवधारणाबारे छलफल हुनेछ । सहभागी बौद्ध धर्मगुरुहरुले बुद्धको ज्ञान विश्वमा शान्ति कायम गर्नका लागि उपयोगी भएकाले सबैले व्यवहारिक रुपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए । सम्मेलनको उद्घाटन रक्षामन्त्री भिमसेनदास प्रधानले गरेका थिए ।

प्रतिक्रियाहरु