सत्ताधारी नेताहरूद्वारा बादलको आलोचना

२०७५ श्रावण २५ गते, शुक्रबार

सत्ताधारी नेताहरूद्वारा बादलको आलोचना
काठमाडौँ, २५ साउन । नेकपाका प्रवक्ता प्रकाण्डलार्इ प्रहरीले गिरफ्तार गरेपछि सत्ताधारी नेकपाका नेताहरूले साे कार्यकाे विराेध गरेका छन् ।
सत्ताधारी नेकपाका पूराना नेता एवं पूर्व शिक्षा मन्त्री डी अार पाैडेले सामाजिक संजालबाट नेकपाका प्रवक्ताकाे गिरफ्तारीकाे विराेध गरेका छन् । पाैडेलसहित साेही पार्टीका केन्द्रीय सदस्य एवं वाइसिएलका अध्यक्ष रामप्रसाद सापकाेटा दीपशिखाले पनि सामाजि संजाल फेसबुकबाट प्रकाण्डकाे गिरफ्तारीकाे विराेध गरेका छन् । सामाजिक संजाल फेसबुकमा ‘बादल गृहमंत्री ! प्रकाण्डको हातमा हत्कडी ?’ शीर्षकमा स्टाटस लेख्दै सत्ताधारी नेकपा नेता पाैडेले नेता प्रकाण्डलार्इ गरिएकाे गिरफ्तारीकाे अाेली सरकारकाे निन्दनीय कार्य भनेका छन् ।
नेकपाले अझै युद्धकाे घाेषणा नगरिसकेकाे बेला पूर्व मन्त्री समेत रहेका प्रकाण्डलार्इ हत्कडी लगाउनु पर्ने बेला नभएकाे भन्दै पाैडेलले राजनीतिक समस्याकाे समाधान राजनीतिक हुनुपर्ने अाैल्याएका छन् ।
यसैगरी सत्ताधारी नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकाेटा दीपशिखाले पनि फेसबुकमा स्टाटस लेख्दै नेकपाका प्रवक्ता प्रकाण्डलार्इ गिरफ्तार गर्नु राजनीतिक समाधान नभएकाे बताएका छन् ।
नेता पाैडेलले ‘बादल गृहमंत्री ! प्रकाण्डको हातमा हत्कडी ?’ शीर्षकमा लेख्छन् –
• यो दृश्य देख्दा गृहमंत्री कमरेडको मनमा कस्तो भाव पैदा भए होला ?
• वैचारिक निकटता, वर्गसंघर्षको जटिलता, वर्गपक्षधरता र मानवाधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो ।
• प्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पुर्व मंत्री र एउटा राजनैतिक पार्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसावले हत्कडी लाउनुपर्ने समय यो होइन ।
• प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध गरेका थिएनन् न त उनको पार्टीले नै ०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो ।
• नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यको लागि समस्या हुन सक्छ । त्यो राजनैतिक समस्या हो । राजनैतिक रुपले मात्र राजनैतिक समस्याको समाधान गर्न सकिन्छ ।
• अत: क. प्रकाण्डलाई विना शर्त रिहाइ गर सरकार !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु