स्वाभिमान र राष्ट्रियता कदापि बेच्दैनौं – धनबहादुर चन्द

२०७२ मंसिर ५ गते, शनिबार

आज नेपाल अत्यन्तै गम्भीर र चुनौतीपूर्ण मोडबाट गुज्रिरहेको छ । राजनीतिक उतारचढावका कारणले निकै लामो समय सङ्क्रमण भोग्नुपरेको नेपाल असोज ३, २०७२ मा नयाँ सम्बिधान जारी गरिएपछि अनेकन खालका बिरोध, नारा–जुलुस तथा भारतीय पुजारीका अनुयायी प्रजातान्त्रिक खेमा काँग्रेसीया, आपूm कम्युनिस्ट भन्ने तर कम्युनिस्टकै नाममा दलालीकरण गर्दै हिँड्ने र प्रजातन्त्रवादी भनाउदासँग भारतको सच्चा अनुयायी बन्न तँछाडमछड गर्ने एमाले, महान् अभिभारा बोकेको जनयुद्धलाई संसदीय प्रणालीसँग साट्ने प्रचण्ड, केही तरार्ई केन्द्रित दलहरुका नेता भनाउँदा, बाबुरामको भारतपरस्त उदाङ्गोपना र भारतीय विस्तारवादी चिन्तनको सीमित कर्मचारीतन्त्रको प्रभावले आज नेपालले निकै कष्टकर र दुखदायी समयको सामना गर्नु परिरहेको छ । यही मौका छोपेर सुरक्षाको चुनौतीको नाममा भारतले भूपरिवेष्ठित नेपालको पारबहन अधिकार कुण्ठित गरेको मात्र नभई सन् १९७५ मा भारत साम्राज्यवादी बेलायती शासनको अधिनमा हुँदा नेपालले बेलायतीसँग गरेको दुई पक्षीय सम्झौताको समेत उल्लंघन गरेको छ । राजा, महाराजा र राणाहरुकै पौराणिक मनसाय र पौराणिक शासन ब्यबस्थामा फस्टाउन नपाएको नेपाल त्यही निरंकुशताको उपज पुरानो शासन व्यवस्थालाई समाप्त गर्नको निम्ति चलेको १० वर्षे जनयुद्ध र २०६२, ०६३ को ऐतिहासिक जनआन्दोलनयताको संक्रमण भोगिरहेको नेपाल २०७२ बैशाख १२ र २९ को भूकम्पले झनै थला परेको बेला भारतको अघोषित नाकाबन्दीका कारण नेपाली अर्थतन्त्रमा निकै गहिरो चोट पुगेको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको देश, भगवान् पशुपतिनाथको देश, भगवान् गौतम बुद्धको जन्मस्थल, सीता, भृकुटी, जनकजस्ता अदम्य शक्ति भएका देवताहरुको देवस्थल नेपाल अझभन्दा विश्वमै एक मात्र स्वतन्त्र र सार्बभौम राष्ट्र नेपालमा अकल्पनीय घटना घटेको छ । यहाँ मानवीय संकट पैदा हुनेवाला छ । राज्यका सम्पूर्ण अंगहरुमा खलल पुगेको छ । भएको उत्पादन एक ठाउँबाट अर्काे ठाउँसम्म पु¥याउन सकिराखिएको छैन, नयाँ ढुवानी हुन पाएकै छैन, बिद्यालय जाने बालबालिकाहरु पढाइबाट बन्चित हुनुपर्ने बाताबरणको सृजना हुँदैछ, अधिराज्यका हरेकजसो अस्पतालहरुमा औषधि तथा आबस्यक सामग्रीहरुको अभाब हुँदै गैरहेको छ, विभिन्न ठाउँमा चोरी, लुटपाट, तस्करी बढ्दैछ र सबैभन्दा आश्चार्यको कुरा यहाँका राजनीतिकर्मीहरु यो संकटको समयमा पनि एक भएका छैनन् उल्टै आ–आफ्नै होडबाजीमा जुटिरहेका छन् ।
आज मलाई सानो छँदा सुनेको एउटा उखानको बेसरी याद आइरहेकोछ ‘भाइ पूmटे गवार लुटे’ हो । आजको नेपाली समय, परिस्थित र परिबेश ठीक यही उखानसँग मेल खाएको छ । नेपाली राजनीतिक दलहरु एकआपसमा नमिल्नु र अहमताको कारण यो परिस्थितिको जन्मा भएको हो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान पशुपतिनाथलाई साझेदारीमा चलाउने, भगवान् गौतमभुद्ध भारतमा जन्मिएको, हिमाली अंग लिपुलेक भारतको भूमि भन्नुजस्ता भ्रामक, अबैधानिक र उत्तेजित अभिव्यक्ति दिनु नेपाली राजनीतिक अस्थिरताकै उपज हो र भारतीय बिस्तारवादको नाङ्गो हस्तक्षेप हो । जाबो एउटा भारतीय राजदुत नेपालमाथि राजा बनेर शासन गरेर बस्न मिल्छ ? राष्ट्रिय मूल्य र मान्यताको कदर हुनु पर्छ कि पर्दैन ? एउटा राजदूत दुई राष्ट्रको साझेदारी र समन्वकारी भूमिका खेल्नुपर्छ कि निर्देशन दिनुपर्छ ? बेलायती उपनिबेशका जिउँदा कंकालहरु स्वाधीन र सार्बभौन राष्ट्रमा हैकम चलाउने दुस्साहस नगर्दा जाति होल । नत्र हामी नेपालीहरु विश्वको हरेक कुना–कुनामा छरिएर बसेका छौँ र तिमीहरुका कालाकर्तुत नजिकबाट नियाली रहेका छौँ । त्यसैको एउटा ज्वलन्त उदाहरण हो, लण्डनमा मोदिविरुद्ध बिशाल प्रदर्शन र खबरदारी । हामी नेपाली बर्षाैंबर्ष जंगलका कन्धमुल खाएर आफ्नो राष्ट्रियताको रक्षाको निम्ति जीवन र मरणको लडाइँ लड्न तयार छौँ । तर, नेपाली स्वाभिमानलाई झुक्नदिने छैनौँ । सच्चा छिमेकीको नाममा कलंक भारतले एउटा कुरा ख्याल गरे हुन्छ– तिम्रो देशको कृषि क्षेत्रमा ठुलो योगदान दिएका लाखौं नेपाली कृषक र तिमीहरुकै सीमा सुरक्षामा जम्मुकश्मिर, लद्दाखजस्ता थुप्रै ठाउँमा अहोरात्र खटिएका गोर्खाली फौजीहरुको समुहमा पनि नेपाली स्वाभिमानको चिन्तन छ । भारत मुक्त पार्न बृटिस साम्राज्यवाद र पाकिस्तानीसंग लडेको अदम्य साहस र बन्दुक तिम्रै खिलापमा बज्रन सक्दैन भन्ने अन्धविशवासलाई मनमस्तिस्कबाट हटाउदा उत्तम होला ।
नेपाल एउटा नेपाल मात्र नभै जिउदी नेपाल आमा तथा जिउदो नेपाल मातृभुमी हो । हाम्रो देश नेपाल स्वाधिन र सार्बभौम त हुँदै हो र एउटा प्राकृतिको उपहाण पनि हो । प्रकृतिले बरदान दिएको नेपालको शिर विश्वको सर्बाेच्च शिखर सगरमाथा, मनोरम सैयौं हिमशृंखला, नेपाल आमाको केस झैं सुन्दर झरना, नसा नसा झैँ सल्बलाउँदै बगेका हजारौं नदिनालाहरु, कस्तुरी, मृगहरु डुबुल्की मार्ने हिमतालहरु, सप्तरंगी लालिगुराँस, अनेकौं रंगमा सजिसजावट डाँफे, मयुर, मुनाल, कोईली र बिकासका अथाह सम्भाबना बोकेका खानियोग्य भुमिहारु । एकाबिहानै ओछ्यानबाट उठ्न नपाउँदै पूर्बको सीमाबाट बादलुको पर्दा फटाउँदै ओछ्यानसम्म आइपुग्ने त्यो सुनौलो सूर्यको न्यानो किरण अनि सामुन्ने आँखा अगाडि नै हाँसिरहेका हिमशृंखला, अनेकतामा एकता भएको आ–आफ्नै धर्म संस्कृति, भेषभुषा, रहनसहन र परम्पराको संरक्षित स्थान हो, नेपाल । अझ भनौँ पर्यटकीयस्थल हो, अल नेपाल त्यसैले त हामी नेपाली जीवन धान्ना र परिवार चलाउन बाध्यताबश विश्वका जुनसुकै देश, जुनसुकै स्थानमा रहे पनि माया यहीँ मातृभुमिको हुँदोरैछ । आखिर हामी नेपाली न प¥यौँ । आज नेपाल संकटमा छट्पटाइरहँदा विश्वका हरेक कुना–कुनामा छरिएर रहेका नेपालीहरुलाई दुखिरहेको छ । सबै नेपालीहरुको मन रोइरहेको छ । धन्य मोदी तिमीलाई । आज तिम्रै नाकाबन्दीका कारण आज हरेक नेपालीहरुले आफ्नो मातृभुमिप्रति राष्ट्रियताको भाव झल्काउन पाए, राष्ट्रिय एकता पैदा भयो, विशेषतः मातृभुमि रक्षाको संकल्पको सुरुवात भयो तर मोदी तिमीलाई नेपाली जनताले भगवान् गौतम बुद्धको जन्मभूमि र भगवान् पशुपतिनाथको शरण अनि हामी नेपालीको सामु शिर झुकाउन बाध्य पार्नेछौं । तिमीलाई लागेको छ होला नेपाललाई चेपमा पारेर नदीनाला हडप्न सकिन्छ भनेर तर हामी नेपालीहरु जागरुक भइसक्यौँ र अब त १९५० असमान सुगौली सन्धि पनि खारेजी गर्न चाहन्छौं र तिमीहरुले दिनानुदिन अतिक्रमण गर्दै सीमा मिच्ने दुस्प्रयासको बिरोध गर्दै सिमानामा अल्गा पर्खाल लगाउनेछौं र खुला सिमानको अन्त्य गर्ने छौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु