नाइजेरिया पोलियोमुक्त

२०७२ श्रावण १० गते, आईतवार

काठ्माडौ, १० साउन । विश्व स्वास्थ्य संगठनले अफ्रिकी मुलुक नाइजेरियालाई ‘पोलियोमुक्त राष्ट्र’ घोषणा गरेको छ । सन् २००३ देखि पोलियो प्रभावित देशको सूचीमा रहेको नाईजेरियामा सन् २०१५ मा पोलियोको कुनै बिरामी देखा नपरेपछि पोलियोमुक्त राष्ट्र घोषित गरिएको हो । अफगानिस्तान र पाकिस्तान भने पोलियो प्रभावित राष्ट्रको सूचीमा अझै कायम छन् । यी दुई देशमा यही बर्ष पोलियोका बिरामी देखा परेका छन् । कुनै औषधि उपचारबाट निको नहुने यो रोगको एउटै उपाय खोप हो । अफगानिस्तान र पाकिस्तानमा पोलियो रोकथामका लागि दिइने खोप कार्यक्रमलाई अवरोध गर्दा पोलियोका रोगीको संख्या बढ्ने गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु