११औं लेखनाथ महोत्सव जारी

२०७१ मंसिर १९ गते, शुक्रबार

काठमाडौं । पोखराको लेखनाथमा ११औं लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सवको विहीबार नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।‘लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संंघको आयोजनामा सुरु भएको महोत्सव मंसिर २९ गतेसम्म सन्चालन हुनेछ ।महोत्सवमा ३ सय ओटा स्टलहरु राखिएका छन् । स्वदेश तथा छिमेकी मुलकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराउन मेलाको आयोजना गरिएको आयोजकको भनाइ छ ।
उता, ‘लुम्बिनीको बृहत्तर विकास राष्ट्रिय समृद्धिको आधार’ भन्ने मुल नाराका साथ भैरहवामा पनि छैंठौ पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लुम्बिनी पर्यटन महोत्सव सुरु भएको छ ।सिद्धार्थ रंगशालामा भएको महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा हस्तकलाका सामग्रीहरु राखिएका छन् । रुपन्देहीलाई पर्यटकीय औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गर्नुका साथै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताइएको छ ।
मंसिर २८ गतेसम्म सन्चालन हुने महोत्सवमा विभिन्न तीन सय ओटा स्टल राखिएका छन् । ३ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा १० करोड बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु