​देशभर चिसो बढ्दै

२०७४ मंसिर ५ गते, मंगलवार

काठमाण्डौं . ५ मंसिर । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा मंगलबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियसमा झरेको जनाएको छ । सोमबार ८ दशमलव ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम मंगलबार यो वर्षकै कम मापन गरिएको हो । राती आकाश खुलेको तथा जाडो महिना सुरु भैसकेकाले देशभरी कै न्यूनतम तापक्रम घटेको मौसमविद्ले बताएका छन् । अब देशभरी नै विस्तारै न्यूनतम तापक्रम घटेर चिसो बढ्दै जानेछ । गएको २४ घण्टामा जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । आज पूर्व र पश्चिमको पहाडी भूभाग बाहेकका ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु