‘९९ प्रतिशत महिलाले अंश दाबी गर्दैनन्’

२०७३ कार्तिक १० गते, बुधबार

काठमाडौँ, १० कात्तिक । सम्बन्धविच्छेद गर्ने महिलामध्ये प्रायः सबैजसोले अंश दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी दिने गरेको देखिएको छ । जिल्ला कानुनी सहायता समितिले गत वर्ष सहयोग गरेका मुद्दामध्ये करिब ९९ प्रतिशत मुद्दामा महिलाले सम्पत्तिको दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी गरेको समिति रोल्पाका अध्यक्ष जिल्ला न्यायाधिवक्ता सुवर्णमान बनेपालीले जानकारी दिए ।
अंशसहित सम्बन्धविच्छेद गर्दा प्रक्रिया निकै झन्झटिलो हुनाका साथै लामो पनि हुने भएकाले छोटोछरितो बाटो रोज्नका लागि अंश दाबी नगरेको हुन सक्ने बताइएको छ । सम्बन्धविच्छेद गर्नेमध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहने गरेको र श्रीमती अर्कैसँग मायाप्रेममा फस्ने गरेको पाइएको छ ।
टाढा रहेका श्रीमानसँगको माया पनि टाढिँदै जाने र नयाँ प्रेमीसँग नजिकिँदै जाँदा सम्बन्धविच्छेदको घटना बढ्दै गएको बताइन्छ । सम्बन्धविच्छेद गरेकामध्ये शतप्रतिशतले दोस्रो विवाह गर्ने गरेको पाइएको छ । दोस्रो विवाहका लागि परिपक्व कानुनी बाटो तय गर्नका लागि पनि सम्बन्धविच्छेद गर्नेले सम्पत्तिको दाबी नगरेको हुन सक्ने बनेपालीको भनाइ छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार