९६ वर्षीय हजुरआमा ‘क्लास टपर’ !

२०७५ कार्तिक १८ गते, आईतवार

काठमाडौं, १८ कात्तिक । ९६ वर्षीय हजुरआमा ‘क्लास टपर’ बनिकी छिन् । भारतको केरलामा आफ्नो ज्वाईँलाई पछि पार्दै ९६ वर्षीय हजुरआमाले कक्षा तीन टप गरकी हुन् । केरलामा साक्षरता कार्यक्रम अन्तर्गत भएको परीक्षामा ९८ प्रतिशत अंक ल्याउँदै उनी कक्षा टप गर्न सफल भएकी हुन् । उनका ज्वाईंले पनि तीन कक्षाको परीक्षा दिएका थिए तर सासूभन्दा १० नम्बर कम ल्याएर दाेस्राे बनेका छन् ।
कार्तियानी भन्छिन्, ‘म र मेरा ज्वाईं दुवैले परीक्षा दिएका थियौं । तर उनले परीक्षामा उत्तर बिर्से । मैले सबै सही उत्तर दिएँ ।’ उनका ज्वाईंले मात्रै ८८ प्रतिशत ल्याएका छन् ।
बीबीसी संवाददातासँग कुरा गर्दै उनले भनेकी छिन् ‘म अब पढिरहने हो । छिट्टै चार कक्षामा पुग्छु । म सय वर्ष हुँदा दश कक्षा पास भैसक्छु । त्यसपछि सरकारी जागिर भए हुन्थ्यो ।’ राम्रो साक्षरता दर भएको राज्य केरलले शतप्रतिशत साक्षरताका लागि यो कार्यक्रम शुरू गरेको हो ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु