९२ लाखका हातमा स्मार्टफोन

२०७५ जेष्ठ ३० गते, बुधबार

काठमाडौं, ३० जेठ । मुलुकमा झन्डै ९२ लाखजनाले स्मार्टफोन बोक्ने गरेको पाइएको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको तथ्यांकअनुसार स्मार्टफोन बोक्ने ग्राहकको संख्या तीव्ररुपमा बढिरहेको छ। एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१८ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार उसको नेटवर्कमा झन्डै ५६ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गरिरहेका छन्। प्रतिवेदनअनुसार एनसेलका कुल ग्राहक संख्या एक करोड ६४ लाख पुगेका छन्, जसको ५६ प्रतिशत भनेको ९१ लाख ८४ हजार हुन आउँछ।
त्यस्तै, सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका मोबाइल सेवाका ग्राहक एनसेलभन्दा झन्डै ५ लाख बढी छन्। ग्राहकको संख्या झन्डै समान हुदा स्मार्टफोन प्रयोगकर्ताको संख्या पनि उस्तै देखिन्छ। नेपालमा सञ्चालनमा रहेका ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीमध्ये नेपाल टेलिकम र एनसेलको बजार हिस्सा ९४ प्रतिशत छ। नेपाल टेलिकमले आफ्नो व्यवस्थापन सूचना प्रणाली (एमआइएस) रिपोर्टमा स्मार्टफोन ‘पेनेट्रेसन’ को संख्या उल्लेख नगर्ने भए पनि ९२ लाखभन्दा धेरै नै स्मार्टफोन प्रयोगकर्ता भएको जनाएको छ।-नागरिक दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार