८ जना कोरोना संक्रमित डिस्चार्ज

२०७७ बैशाख २६ गते, शुक्रबार

काठमाडौं, २६ बैशाख । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना मुक्त भए पछि आज डिस्चार्ज भएका छन । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका महिलालाई होम क्वारेन्टाईनमा उदयपुरमा राखिने छ भने अन्यलाई रानी मदरसा पठाईएको छ ।
बैशाख ८ र ९ गने अस्पताल भर्ना गरिएका उनीहरुमा दोस्रो पटकको परीक्षणमा २० वर्षिय आजाद आलम, १८ वर्षिय मो.इमरान अहमद, १८ वर्षिय परवेज आलम, ४१ वर्षिय मुख्तार मियाँ, ५५ वर्षिया महिला रोशन ठाकुरमा कोरोना भाईरस नेगेटिभ देखिएको थियो । यसैगरी मस्जिदमा रहनु हुनेमध्ये ७२ वर्षिया आईमन मियाँ, ६० वर्षिय इजरायल मिया र २४ वर्षिय भारतीय नागरिक मो.आदिरमा पनि नेगेटिभ देखिपछि डिस्चार्ज गरिएको छ । यो सगैँ कोरोनाबाट निको भएर घर फर्किनेको संख्या ३० जना पुगेको छ । संक्रमितको संख्या भने एक सय १ रहेको छ ।

प्रतिक्रियाहरु