८८ किलो सुन बरामद

२०७४ भाद्र १९ गते, सोमबार

काठमाडौं, १९ भदौ । प्रहरीले आज बिहान राजधानीको ठमेलमा८८ किलो सुन बरामद गरेको छ । सुन तस्करीका समाचार बेला–बेला प्रकाशमा आइरहे पनि इतिहास मै पहिलो पटक ८८ किलो सुन एकै ठाउँबाट बरामद भएको हो । यति धेरै सुन बरामद भएको यो पहिलो पटक हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकका अनुसार गोप्य सुराकीका आधारमा आइतबार रातिबाटै निगरानीमा खटिएको प्रहरी टोलीले सोमबार बिहान एउटा गाडीबाट उक्त सुन बरामद गरेको हो ।
प्रहरीले उक्त गाडीका चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ । सुन तस्करीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त सुन चीनबाट केरुङ नाका हुँदै भित्र्याइएको आशंका गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार