८४ इन्चको ट्याबलेट !

२०७१ माघ १० गते, शनिबार

काठमाडौं । सामान्यतयाः ट्याबलेट भन्नासाथ स्मार्टफोन र ल्यापटवीचको साइजयुक्त ग्याजेट भनेर बुझिन्छ । यी ट्याबलेट ८ इन्चदेखि १२ इन्च साइजसम्म हुन्छन् । तर, माइक्रोसफ्ट कम्पनीले १०-१२ इन्च हैन पुरै ८४ इन्चको स्त्रिmन भएको ट्याबलेट निर्माण गरेको छ जुन अहिलेसम्मकै ठूलो हो । आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज १० को र्सार्वजनिकीकरण समारोहमा माइक्रोसफ्टले ८४ इन्चको टचस्त्रिन स्त्रिmनवाला फोर के डिस्प्ले भएको सर्फै हब नामक ट्याबलेट र्सार्वजनिक गरेको हो । यो ट्याबलेट माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम विन्डोज १० बाट चल्नेछ ।
माइक्रोसफ्टको यो भिमकाय ट्याबलेटमा मल्टी टच तथा मल्टी पेन सपोर्ट हुनुका साथै डुअल क्यामरा र अत्याधुनिक सेन्सर समेत रहेको छ । यो नयाँ ट्याबलेटलाई भित्तामा स्थापित गरि विभिन्न समारोह, मिटिङ हरूमा दृश्य साधनको रूपमा प्रयोगमा ल्याउन सकिन्छ ।
८४ इन्चको र्सभस हब र्सार्वजनिक समारोहमा माइक्रोसफ्टले यो ट्याबलेटको स्त्रिmनमा त्यसको पेनको सहायताले विभिन्न चित्र तथा नोटहरू तयार गरिएको र त्यसलाई स्काइपी कन्फेरेन्स कलमा आबद्ध सबै मानिसको बीचमा शेयर गरिएको देखाइएको थियो । त्यसक्रममा विन्डोज १० अपरेटिङ सिस्टममा भएका ठूलो स्त्रिmनवाला ट्याबलेटकै लागि तयार पारिएका विभिन्न एपहरू समेत देखाइएको थियो । यो ट्याबलेटलाई डिजिटल हृवाइट बोर्डको रूपमा प्रयोग गर्न सकिनुका साथै रिमोट कन्पेन्सिङ सम्भव तुल्याउने छ । एकैपटक धेरै मानिसले आफ्नो ल्यापटप, ट्याब्लेट अर्थात् स्मार्टफोनबाट यसको स्त्रिनमा भएका सामाग्रीहरू काटछाँट गर्नसक्छन् । माइक्रोसफ्टले यो ग्याजेटको मूल्य तत्काल तोकेको छैन । यद्यपि यो ट्याब्लेट व्यवसायिक प्रयोजनका ग्राहकहरूलाई लक्षित भएकाले केही महंगो हुने अनुमान गरिएको छ । माइक्रोसफ्टका अनुसार केही सानो आकारको ट्याब्लेट मन पराउनेहरूका लागि ५५ इन्चको ट्याबलेट समेत उपलब्ध हुनेछ ।
यसैगरी, माइक्रोसफ्ट कम्पनीले आफ्नो बहुचर्चित विन्डोज अपरेटिङ सिस्टमको नयाँ संस्करण ध्ष्लमयधक ज्ञण् र्सार्वजनिक गर्दैछ । अमेरिकाको सिएटलस्थित माइक्रोसफ्ट मुख्यालयमा विशेष कार्यक्रमका बीच नयाँ अपरेटिङ सिस्टम र्सार्वजनिक गरिँदैछ । विन्डोज टेन र्सार्वजनिक समारोहलाई माइक्रोसफ्टले आफ्नो वेबसाइटमार्फ् लाइभ प्रशारण गर्नेछ । बहुप्रतिक्षित विन्डोज १० अपरेटिङ सिस्टमले मोबाइल, ट्याबलेट तथा पर्सल कम्प्युटरलाई एकीकरण गर्न र विश्वव्यापी एप बजारको सुरुवात गर्ने बताइएको छ । विन्डोज टेनमा एउटा कोड हुनेछ जसको माध्यमबाट एउटै एपले फोन, ट्याबलेट तथा कम्प्युटर चलाउन सकिन्छ । विन्डोज ८ मा हटाइएको स्र्टार्ट मेनुलाई विन्डोज १० मा पुनः ल्याइएको छ । यो अपरेटिङ सिस्टममा प्रयोगकर्ताले आफ्नो ग्याजेटमा एकैसाथ धेरै डेक्सटप सिर्जना गर्नसक्नेछन् ।
माइक्रोसफ्टको हालसम्मको पछिल्लो अपरेटिङ सिस्टम विन्डोज ८ लाई प्रयोगकर्ताले नरुचाएका कारण उसले आमूल परिवर्तन गरेर विन्डोज १० ल्याउन लागेको बताइएको छ । समाचार अनुसार माइक्रोसफ्टले फोन तथा ल्यापटपको हाइब्रिरड डिभाइस समेत र्सार्वजनिक गर्दैछ, जसले व्यवसायिक उपभोक्तालाई आकषिर्त गर्न विश्वास गरिएको छ । यो डिभाइस केही समयपछि नै उत्पादनमा जाने बताइएको छ जसको स्लाइड गर्नसकिने हार्डवेयर किबोर्ड रहनेछ । विन्डोज टेन सँगै माइक्रोसफ्टले आजै इन्टरनेट एक्सप्लोलर ब्राउजरलाई समेत प्रतिस्थापन गर्न बताइएको छ । यो ब्राउजरलाई प्रतिस्थापन गर्दै माइक्रोसफ्टले स्पार्ट नामक एप ब्राउजर ल्याउँदैछ । यो नयाँ ब्राउजर गुगल क्रोम जस्तै स्वरूपको हुनुका साथै इन्टरनेट एक्सप्लोलर भन्दा त्रि्र गतिको हुने बताइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार