८३ किलो रक्तचन्दनसहित दुई जना पक्राउ

२०७६ भाद्र १२ गते, बिहीबार

काठमाडौँ, १२ भदौ । महानगरीय प्रहरी वृत बौद्धle ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताएका छन् । महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा राखिएको रक्तचन्दन बरामद गरिएको हो । उक्त रक्तचन्दन कसको हो र कसले ल्यायो भन्ने विषयमा अनुसन्धान भईरहेको बताइएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालय बुझाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु