६ हजार ७०० जना रोहिंग्या मुसलमान मारिएको खुलासा

२०७४ मंसिर २८ गते, बिहीबार

काठमाडौं, २८ मंसिर । म्यान्मारको सेनाले गएको अगष्ट महिनामा रोहिंग्या मुसलमान समुदायविरुद्ध सन्चालन गरेको कारवाहीमा कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको छ । सेनाले गएको अगष्ट महिनामा कम्तीमा पनि ६ हजार ७०० जना मारिएका घटनालाई म्यानमारमा रोहिंग्याविरुद्ध गरिएको ज्यादतिका रुपमा लिइएको छ । यस क्रममा महिला, बालबालिकासहितका नागरिकको मृत्यु भएको आशंका यसअघि नै गरिएको थियो । संयुक्त राष्ट्रसंघ र संयुुक्त राज्य अमेरिकाले भने यसअघि नै म्यानमारमा रोहिंग्याका विरुद्धमा गरिएको एउटा ठूलो जातीय सफाया भन्दै आएको थियो । तर, म्यानमारले भने स्वीकार गरेको थिएन । बिहीबार ‘डाक्टर विदाउट बोर्डरर्स, एमएसएफ’ले सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा सार्वजनिक भएको हो । नागरिकमाथि सैनिकले ज्यादति गरेको कुरा पनि सो प्रतिवेदनमा लेखिएको छ ।
त्यस कारबाहीका क्रममा बालबालिकाको हत्या गरेको तथा महिलाहरुमाथि बालात्कार भएको पनि संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा दुई महिनामात्र अघि जनाइएको छ । रोहिंग्या समुदायकै नागरिकलाई लक्ष्य गरेर सो हिंसा भएको उक्त प्रतिवेदनमा जनाइएको छ । गएको अगष्ट २५ बाट उनीहरु विरुद्धको कारबाही थप आक्रामक बन्दा उनीहरु भागेर म्यानमार प्रवेश गरेका थिए । रखाइन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म गरेको कारबाहीका क्रममा मारिनेमा ७३० जना बालबालिका पनि छन् । त्यस्तै, महिलामाथि पनि ज्यादति भएको थियो । म्यानमारमा राखिन राज्यमा सेनाले गरेको ‘एरिया क्लीयरेन्स अपरेशन’ का क्रममा गत अक्टोबर १० गतेदेखि सुरु भएको अभियानमा ती मानिसको हत्या भएको राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख गरिएको थियो । अल्पसंख्यक मुसलमानमाथि म्यान्मारका सुरक्षाकर्मी तथा गैरसैनिक लडाकूद्वारा सेना र प्रहरीको संरक्षणमा आतंक सिर्जना गर्ने र प्रतिकार गर्ने नागरिकका परिवारजनमाथि हिंसात्मक कारवाही गरिएको सो संस्थाले जनाएको छ ।
बंगलादेशको शरणार्थी शिविरमा रहेका ११ हजारभन्दा बढी शरणार्थीमा यस विषयमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानका आधारमा यो प्रतिवेदन सार्वजनिक गरिएको समाचारमा जनाइएको छ । अन्तवार्ताका क्रममा ४७ प्रतिशत शरणार्थी शिविरका सदस्यले आफ्ना अभिभावकलाई सुरक्षाकर्मीले हत्या गरेको बताएका थिए भने ४३ प्रतिशत किशोरी तथा महिलाले आफुहरुमाथि बलात्कार भएको बताएको प्रतिवेदनमा उल्लेख छ । जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार कार्यालयका एक अधिकारीले म्यानमारमा अल्पसंख्यक आदिवासी मुसलमान समुदायलाई रखाइन राज्यबाट हटाउने अभिप्रायले सो कारवाही चलाएको जनाएका छन् । यसरी लखेटिएर ६ लाख २० हजार भन्दा बढी म्यान्माली शरणार्थी बंगलादेश पुगेका छन् । उनीहरु हाल त्यहाँ शरणार्थी शिविरमा बसिरहेका छन् ।- रासस/एएफपी

प्रतिक्रियाहरु