६ सय वर्ष पुरानो घडीघर तथा विहारको संरक्षणका लागि संघर्ष गरिने

२०७६ श्रावण १८ गते, शनिबार

काठमाडौं , १८ साउन । काठमाडौंको असनका स्थानीयले ६ सय वर्ष पुरानो घडीघर तथा विहारको संरक्षणका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । असनमा शुक्रबार भएको विरोध सभाका सहभागीहरुले उनीहरुले आगामी भाद्र ११ गते गुठी संस्थान घेराउ गर्ने र थप संघर्षका कार्यक्रम ल्याउने बताए । पुरातात्विक र ऐतिहासिक महत्वको उक्त स्थानमा आधुनिक शपिङ मल बनाउन गुठी संस्थानले ब्यापारीक संस्थालाई दिएपछि स्थानीयले विरोध गर्दै आएका छन् । सो विहार स्थानीयले मर्मत संभार गर्ने खोज्दा पनि गुठी संस्थानले नदिएको उनीहरुको गुनासो छ । कोथुननी विहार र ठमेलको छाँया कम्पलेक्स बनेको ऐतिहासिक पोखरी बचाउन गरेको सर्वसाधारणको संकलित हस्ताक्षर प्रधानमन्त्री र गुठी संस्थानलाई बुझाउने समेत उनीहरुले बताएका छन् ।

प्रतिक्रियाहरु