६ महिनामा १७ गैँडा मरे

२०७४ माघ १७ गते, बुधबार

काठमाडौँ , १७ माघ । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनामा १७ वटा गैँडा मरेका छन् । कालगतिबाट मरेका गैँडामध्ये दुई बच्चासहित चार गैँडा बाढीपहिरोका कारण मरेका छन् । चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । निकुञ्ज क्षेत्रमा ३ र वन क्षेत्रमा १ गरी चार गैंँडा बाढीका कारण मरेका छन् भने बाढीले दुईवटा र बाघले खाएर एउटा बच्चा मरेको बताइएको छ । ५० वर्ष आयु हुने भए पनि ३० वर्ष कटेपछि गैंँडा कमजोर हुँदै जाने गर्दछ । बुढो भएर मरेका अधिकांश गैँंडा ३०-३५ वर्ष कटेका छन् ।
गत आर्थिक वर्षमा कालगतिले २५ वटा गैँंडा मरेको थिए । सन् २०१५ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा ६ सय ५ वटा गैँंडा रहेका थिए । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा र शुक्लाफाँटामा पाँचवटा गैँंडा स्थानान्तरण गरिएको थियो । गत साउनमा आएको बाढीका कारण बगाएका १० वटा गैँडाको उद्धार गरिएको थियो । बाढीले घाँसेमैदान नष्ट गरेपछि निकुञ्जका गैँडा समस्यामा परेका थिए ।

प्रतिक्रियाहरु