५ सय १२ जिबीको मेमोरी कार्ड

२०७१ आश्विन ९ गते, बिहीबार

काठमाडौँ । मेमोरी कार्डबनाउने सनडिस्क कम्पिनीले अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमताको मेमोरी कार्डबजारमा ल्याएको छ । सनडिस्क कम्पनीले ५ सय १२ जिबी क्षमताको मेमोरी कार्डबजारमा ल्याएको हो । जुन अहिलेसम्मकै ठूलो मेमोरी कार्ड हो । हुलाक टिकटको जत्रो आकार भएको मेमोरी कार्डको मुल्य ८ सय अमेरिकी डलर अर्थात लगभग ८० हजार नेपाली रूपैयाँ पर्छ । तर यो तत्काल नेपाली बजारमा भने उपलब्ध छैन । यो मेमोरी कार्डलाई डिजिटल क्यामेरा तथा मोबाइल फोनमा प्रयोग गर्नसकिने सनडिस्क कम्पनीले जनाएको छ । -एजेन्सी

प्रतिक्रियाहरु