५५ फिट लामो कपाल !

२०७३ चैत्र १३ गते, आईतवार

काठमाडौं, १३ चैत । अमेरिकाको फ्लोरिडामा रहँदै आएकी आशा मण्डेलाको कपाल यति लामो छ की तपाईं सुनेरै छक्कि पर्नुहुन्छ । उनले पालेको कपालको लम्बादई करीब ५५ फिट र १६ किलो रहेको छ । उनलार्ई आफ्नो कपाल धुन मात्रै ६ वटा बोतल स्याम्पू लाग्छ भने कपाल पखालिसकेपछि सुकाउन मात्रै दुई दिन लाग्ने गर्दछ । उनले पालेको कपाल २५ वर्षदेखि कहिल्यैू काटेकी छैनन् । उनले पालेको कपालकै कारण उनलार्ई जीवनसाथी पाउन निक्कै मुस्किल भएको थियो । तर पछि उनले इमानुएल शेग नामक एक हेयर ड्रेसरसँग नै प्रेम विवाह गरिन् । उनको प्रेम प्रसँग पनि रोचक थियो । जब आशालार्ई उक्त हेयर ड्रेसरले पहिलो पटक भेटे, उनले पहिलो भेटमै विवाहको प्रस्ताव स्विकार गरिन् । यसअघि उनको विवाह नहुनुले कपाल बाधक रहेको भन्दै चिकित्सकले धेरै पटक कपाल काट्न सुझाव दिएका थिए । तर उनले डाक्टरको सुझाव सुनेनन् । त्यही हेयर ड्रेसरको सहयोगले आशाले पालेको कपाल अब कमाइमा परिणत भएको छ । उनले यही कपालबाट कपालसँग सम्बन्धित उत्पादनमा विज्ञापनमा खेल्ने मौका पाउँछिन् र राम्रो आम्दानी गरिरहेकी छिन् । यसका साथै विवाहपछि आशाले गिनिज अफ वल्र्ड रेकर्डमा पनि आफ्नो नाम विश्वरमै सबैभन्दा लामो कपाल भएकी महिला भनेर चिनाउन सफल भइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु