५२ वर्ष लामो गृहयुद्ध अन्त्य

२०७३ आश्विन ११ गते, मंगलवार

काठमाडौँ , ११ असोज । कोलम्बिया सरकार र बामपन्थी पार्क विद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ। यो शान्ति सम्झौतासँगै कोलम्बियामा विगत ५२ वर्षदेखि जारी संघर्ष औचापरिक रुपमा समाप्त भएको छ। यो सम्झौतासँगै युरोपियन संघले कोलम्बियाको फार्क विद्रोहीलाई चरमपन्थी समूहको आफ्नो सूचीबाट हटाएको छ।
कार्टिजेनामा फार्क विद्रोहीका नेता तिमान्शेको र कोलम्बियाका राष्ट्रपति मैनुअल सान्तोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरका लागि उनले जुन पेन प्रयोग गरे त्यो बुलेट आकृतिको थियो । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनका साथै ल्याटिन अमेरिकी देशका नेताहरुसमेत सहभागी थिए ।
कोलम्बियाका राष्ट्रपति मैनुअल सान्तोसाले यसबाट देशमा नयाँ युगको सुरुवात हुने आशा व्यक्त गरे ।
शान्ति सम्झौता लागु भएपछि युरोपियन संघले कोलम्बियाको पुनःनिर्माणमा सघायने भएको छ। ५२ वर्षसम्म चलेको गृहयुद्धमा साढे दुई लाखभन्दा बढी मानिस मारिएका थिए । गृहयुद्धका कारण ६० लाख नागरिक विस्थापित भएका थिए । अब कोलम्बियन नागरिक आगामी महिना हुने जनमतसंग्रहमार्फत यो शान्ति सम्झौता स्वीकार गर्ने वन नगर्ने पक्षमा मतदान गर्ने छन् ।
फार्क विद्रोहीको निशाना बनेका परिवारजनले समेत शान्ति सम्झौता समारोहमा भाग लिएका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु