५० फिट अग्लो अशोक स्तम्भ निर्माण गरिने

२०७२ असार २८ गते, सोमबार

काठमाडौं । चावहिलस्थित चारुमति बौद्ध विहारमा ५० फिट अग्लो अशोक स्तम्भ निर्माण गरिने भएको छ । भारत पुणेमा रहेको अशोक सर्वाङ्गीण विकास सोसाइटीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी करिब २० लाख रुपैँयाको लागतमा सो स्तम्भ निर्माण गर्न लागिएको जानकारी दिएको हो ।सोसाइटीका अध्यक्ष अशोक सिलवन्तले आगामी डिसेम्बर ६ मा भूमि पूजन गर्ने र आगामी वर्ष अपि्रल १२ का दिन सम्राट अशोकको जन्मदिन पर्ने भएकाले सोही दिन स्तम्भ नेपाल सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए ।
भारतीय संविधानका निर्माता बाबा साहेव भीमराव अम्बेडकरको महत्वपूर्ण समय बितेको विश्वका १४ स्थानमा स्तम्भ बनाउने योजनाअनुसार साताँै स्तम्भ नेपालमा निर्माण गर्न लागेको उनले बताए ।
नेपाल दलित साहित्य ऐकेडमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले यो नेपाल र भारतको मित्रताको प्रतीक हुने विश्वास व्यक्त गर्दै स्तम्भ निर्माणका लागि पर्यटन मन्त्रालय र चारुमति बौद्ध विहार सञ्चालक समिति सकारात्मक रहेको बताए । भारत वर्षका सम्राट अशोकले आˆनी छोरी चारुमतिको स्मृतिमा सो विहारमाको निर्माण गराएका थिए । रासस

प्रतिक्रियाहरु