४ सय जनाको सामुहिक चिहान !

२०७४ कार्तिक २६ गते, आईतवार

काठमाडौं, २६ कात्तिक। इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा उक्त चिहान फेला पारेको हो । गत महिना अघिसम्म उक्त क्षेत्र इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा थियो । चिहानमा आईएसले हत्या गर्नुअघि लगाइदिने गरेका पोशाक लगाएका शव समेत फेला परेका छन् । किरकुक प्रान्तका गभर्नर रकानले उक्त क्षेत्रलाई आईएसले हत्या गर्ने मैदानको रुपमा परिणत गराएको बताउनुभयो । इराकी सेनाले आईएसको नियन्त्रणमा रहिसकेका विभिन्न ७२ वटा सामुहिक चिहानबाट करिब १५ हजार शव फेला पारिसकेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु