४३ जनालाई आजीवन काराबासको सजाय

२०७४ आश्विन ३ गते, मंगलवार

काठमाडौं, ३ असोज । इजिप्टमा हिंसा भड्काएको आरोपमा ४३ जनालाई आजीवन काराबासको सजायँ दिइएको छ । सन् २०१३ मा राष्ट्रपति मोहमद मोर्सीलाई पदच्युत गर्ने अभियोगमा पक्राउ गरिएका ५ सय मध्ये ४३ जनालाई आजीवन काराबासको सजायँ दिइएको हो । अन्य ३ सय जनालाई भने ५ वर्षदेखि १५ वर्षसम्मको जेल सजायँ सुनाइएको छ । यसरी सजायँ पाउनेहरुमा अमेरिकी नागरिकहरु पनि रहेका छन् । राष्ट्रपति मोर्सीलाई पदच्यूत गर्ने अभियानका क्रममा सयौं प्रदर्शनकारी र सुरक्षाकर्मी मारिएका थिए भने प्रदर्शनकै क्रममा सयौं प्रदर्शनकारी पक्राउ परेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु