३२ वर्षपछि शव भेटियो

२०७१ असार २७ गते, शुक्रबार


काठमाडौँ । पर्वतारोहणका क्रममा ३२ वर्ष अघि हिउँमा हराएका फ्रान्सका एक पर्वतारोहीको शव फेला परेको छ ।फ्रान्सको आल्प्स पर्वतमा हिउँमा पुरिएको अवस्थामा प्याट्रिसय ह्यावर्ट नाम गरेका पर्वतारोहीको शव ३२ वर्षपछि भेटिएको हो । १९८२ मा प्याट्रिस फ्रान्स र इटलीको सीमा क्षेत्रमा रहेको ब्ल्याक पर्वत शृंखलामा आरोहणका लागि एक्लै निक्लेका थिए ।
२३ वर्षीय प्याट्रिस त्यसपछि फर्किन पाएनन् । अधिकारीहरुका अनुसार ३२ वर्षपछि उनको शवसंगै उनको परिचय पत्र, तथा पर्वआरोहणका उपकरण पनि फेला परेका छन् ।स्थानीय पत्रिका डल्फिन लिबेरले प्याट्रिसको शव २ हजार ६ सय ८७ मिटर उचाइमा फेला परेको जनाएको छ ।

प्रतिक्रियाहरु