३० मिलियन डोज कोरोना भाइरस भ्याक्सिन बन्ने !

२०७७ जेष्ठ ५ गते, सोमबार

काठमाडाैं, ५ जेठ । बेलायतमा ३० मिलियन डोज कोरोना भाइरस भ्याक्सिन बन्ने भएको छ । ड्रक्स जाइन्ट अस्ट्राजेनिकाले ३० मिलियन डोजको अक्सफोर्ड कोरोना भाइरस भ्याक्सिन सेप्टेम्बरमा बनाउने जनाइएको छ । यदि भ्याक्सिनले काम गरेमा सो भ्याक्सिन बेलायतमा पहिलो विकास हुने बताइएको छ । व्यवसायी सचिव आलोक शर्माले सोबार बताए अनुसार बेलायतको आधा जनसंख्यालाई खोप दिन १३० मिलियन युरोको योजनाको रूपमा अक्सफोर्ड विश्वविद्यालय र फार्मा फर्मबीच विश्वव्यापी इजाजत पत्र सम्झौता भएको छ । फर्मले भ्याक्सिनको १०० मिलियन डोज बनाउँनेछ यदि यसले संक्रमण रोक्न प्रमाणित गरेमा आधा ब्रिट्स एक भ्याक्सिन लिनको लागि लाइनमा हुने जनाइएको छ । सकेसम्म चाँडो सफल हुनका लागि शर्माले दुई विश्वविद्यालयका लागि ८४ मिलिएन युरो नगदको घोषणा गरेका छन् । उक्त रकमले सम्भावित भ्याक्सिनको उत्पादन विस्तार गर्न सकिनेछ । अक्सफोर्डले मानव परीक्षणको पहिलो चरण यस हप्ता समाप्त गरिसक्यो । सबैजनाले निर्धारित समयमा उनीहरूको भ्याक्सिन् खुराक प्राप्त गर्ने योजना बनाएको छ ।
६५। ५ मिलियन युरो अक्सफोड र १८। ५ मिलियन इम्पेरियलका लागि बजेट छुटाइएको जनाइएको छ। जस्मा ४७ मिलियन युरो वैज्ञानिकहरूलाई हस्तान्तरण गरिसकिइको छ । यदि यो सफल भयो भने बेलायत खोपमा पहुँच र्पुयाउने पहिलो देश हुनेछ, । अक्सफोर्डले मानव परीक्षणको पहिलो चरण यस हप्ता समाप्त गरिसकेको छ। इम्पेरियल जूनमा तिनीहरूको परीक्षण सुरु गर्ने तयारीमा छन् । व्यापार सचिव शर्माले भनेका छन्, “हाम्रो वैज्ञानिकहरू खोप विकासको क्रममा अग्रणी छन् । एस्ट्राजेनेकासँगको यो सम्झौता अक्सफोर्ड युनिभर्सिटी खोपले काम ग¥यो भने बेलायतका मानिसहरूले हजारौंको ज्यान जोगाउन सहयोग र्पुयाउने छन् । सम्झौताले जम्मा १०० मिलियन डोज दिने छ, यो सुनिश्चित गरेर कि हामी आफ्नै जनतालाई सहयोग र्पुयाउनका साथै विकासोन्मुख देशहरूलाई सबैभन्दा कम लागतमा खोपहरू उपलब्ध गराउन सक्षम छौं।” उनले भने,“ बेलायतले खोप पत्ता लगाउन विश्वव्यापी प्रतिक्रियाको नेतृत्व गरिरहेको छ र सरकारले वैज्ञानिकलाई सकेसम्म छिटो यो बनाउन सहयोग गरिरहेको छ।” बेलायती स्वास्थ्य सचिव म्याट ह्यान्ककले थपे, “कोरोनाभाइरस भ्याक्सिनका लागि ८४ मिलियन युरोको इन्जेक्शन बेलायतको राष्ट्रिय प्रयासमा एक ठूलो कदम हो।” विश्वविद्यालयका टोलीसँग खोपमा काम गरिरहेका प्राध्यापक सारा गिलबर्टले यो काम गर्ने कुरामा विश्वस्त छ भन्दै यो केवल केही महिनामा तयार हुन सक्छ भनेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु