३० तोला सुनसहित विमानस्थलका कर्मचारी पक्राउ

२०७६ बैशाख २३ गते, सोमबार


काठमाडौं,२३ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन ल्याउन सहयोग गरेको आरोपमा वायुसेवा निगमका एक कर्मचारी पक्राउ परेका छन् । सेटिङमा अवैध सुन ल्याएको आरोपमा वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई आइतबार राती पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट प्रहरीले १०/१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ । प्रहरी परिसरका अनुसार विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्थे । विमानस्थल प्रहरीले यादवका गतिविधि शंकास्पद लागेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार