२ करोडको गुणस्तरहीन जीवनजल खरिद

२०७६ भाद्र १८ गते, बुधबार

काठमाडौं, १८ भदौ । सर्वसाधारणको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्नेमा सरकारले नै गुणस्तरहीन जीवनजल खरिद गरेर वितरणका लागि जिल्लातर्फ पठाएको पाइएको छ । आमनागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवा विभागले १ करोड ७८ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका गुणस्तरहीन जीवनजल खरिद गरी वितरणका लागि जिल्लातर्फ पठाएको हो । विभाग आफंैले बनाएको ‘स्पेसिफिकेसन’विपरीत सो मूल्य बराबरका जीवनजल खरिद गरेको कागजात राजधानी दैनिकले फेला पारेको हो । विभागअन्तर्गत रहेको व्यवस्थापन महाशाखाको मिलेमतोमा अनियमित तरिकाले औषधि खरिद गरेर सो रकम भुक्तानी गरेको देखिएको छ ।
औषधि व्यवस्था विभाग र स्वास्थ्य सेवा विभागले भारतको सिनकोम फर्मुलेसन कम्पनीबाट उत्पादित ‘ओरासिन’ नामक जीवनजल डिओएचएस आईसीबी ४१।१९ मा गुणस्तर ९क्वालिटी० फेल भएको थियो । विभागले नै सो जीवनजल गुणस्तरमा फेल भएकाले गत आर्थिक वर्षमा खरिद नगर्ने निर्णय गरेको थियो । विभागअन्तर्गत व्यवस्थापन महाशाखामार्फत खरिद गरेको सो गुणस्तरहीन जीवनजल जिल्ला–जिल्लामा पु¥याइसकिएको छ । सोको परिमाण निर्धारणका लागि जिल्लामा हस्तान्तरण फारम पठाइएको छ । हस्तान्तरण फारमकै आधारमा प्राप्त गर्ने जिल्ला स्वास्थ्य कार्यालयहरूले दाखिला पठाउनुपर्ने प्रावधान छ । उक्त हस्तान्तरण फारम र दाखिलाबाट स्टोरमा दाखिला गरेको औषधिको परिमाण (क्वान्टिटी) निर्धारण गरिन्छ । विभागमा औषधि खरिदका लागि स्पेसिफिकेसन बनाउनुपर्ने प्रावधान छ । स्पेसिफिकेसनअनुसारको गुणस्तरयुक्त औषधि भए मात्र भुक्तानी गर्न मिल्ने व्यवस्था छ । – प्रशान्त वली,राजधानी दैनिक

प्रतिक्रियाहरु