२९ पर्यटकको उद्धार

२०७६ चैत्र १७ गते, सोमबार

काठमाडाैं, १७ चैत । लकडाउनका कारण रसुवामा अलपत्र परेका २९ पर्यटकलाई रसुवा जिल्ला प्रशासन कार्यालयले आज उद्धार गरेको छ ।प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार हिमाली पदयात्रामा रसुवा पुगेका पर्यटकलाई उद्धार गरी काठमाडौंँ पठाइएको छ ।
लाङ्टाङ तथा बृद्विम क्षेत्रको भ्रमणमा रहेका बेलायती, जर्मनेली, अमेरिकी र अष्ट्रलियाली पर्यटकलाई उद्धार गरी सडक मार्गबाट काठमाडौँ जाने अनुमति दिएको बताइएको छ । एक हप्ताअघि ती पर्यटक रसुवा पुगी हिमाली पदयात्रा गर्दैगर्दा लकडाउनका कारण रोकिएको प्रहरीले बताएको छ ।

प्रतिक्रियाहरु