२०७७ भदौमा ‘साक्षर नेपाल’ घोषणा गरिने

२०७५ आश्विन २६ गते, शुक्रबार

काठमाडौं, २६ असोज ।आगामी २०७७ साल भदौ २३ गते ‘साक्षर नेपाल’ घोषणा गरिने योजना अगाडि सारिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवस परेको यो दिन विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रपतिबाट घोषणा गराउने योजना पनि अगाडि सारिएको छ । साक्षर नेपाल घोषणासम्बन्धी अवधारणापत्र सरकारले यो तयारी गरेको छ । स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरी आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अवधारणापत्र तयार गरेको हो । अवधारणापत्रमा कक्षा ९ तथा १२ मा अध्ययनरत विद्यार्र्थीको स्वास्थ्य तथा जनसङ्ख्या र इच्छाधीन शिक्षा विषयको प्रयोगात्मक कार्य साक्षरता कक्षा सञ्चालनमा जोडी विद्यार्र्थीको मूल्याङ्कन गर्ने व्यवस्था मिलाइने छ ।
यसैगरी विद्यार्थीको घर परिवार वा छिमेकमा रहेका निरक्षरमध्ये निश्चित सङ्ख्यामा साक्षर गराएमा निजलाई प्रयोगात्मक अङ्क बापत पाउने अङ्क प्रदान गरिने उल्लेख छ । यसका लागि राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरिनेछ । अवधारणापत्रमा चार महिनासम्म सहभागीको अनुकूल समयमा दैनिक दुुई घण्टा र हप्तामा छ दिनका दरले कम्तीमा दुई सय घण्टा कक्षा सञ्चालन गरिने उल्लेख छ । – गोरखापत्र दैनिकवाट

प्रतिक्रियाहरु