२०७४ सालको शुभकामना- खेम थपलिया

२०७४ बैशाख १ गते, शुक्रबार

संवेदनाको फूल फुलोस्, विश्वासको मूल फुटोस्
मर्दा–पर्दा नेताको फोन उठोस्
सामूहिकता, हार्दिकता र एकताको भाव होस्
भेट्दा चेपारे पार्ने संस्कृति नहोस्
गोजीमा कैचीे बोक्ने नेता नहोस्
बजारको चाउचाउ जस्तो संगठन नहोस्
कुरा दोचारेर दिन काट्ने पार्टी नहोस्
संसदीय दलाल पुँजीवाद ध्वस्त होस्
वैज्ञानिक समाजवाद लागू होस्
राष्ट्रिय स्वाधीनता समृद्ध बनोस्
चोरलाई चौतारो, साधुलाई सुली नहोस्
पछाडिबाट छुरी धस्ने साथी नहोस्
पार्टी फेरिरहने कार्यकर्ता नहोस्
कथित स्थानीय निर्वाचन खारेज होस्
साथमा एकीकृत जनक्रान्तिको झन्डा होस्
यही छ मेरो २०७४ सालको शुभकामना ।

प्रतिक्रियाहरु