१ हजार ७१ वर्ष पुरानो ‘गदा’ भेटियो

२०७२ असार १६ गते, बुधबार

काठमाडौ, १६ असार । गत वैशाख १२ को शत्तिशाली भूकम्पबाट भत्किएको दोलखाको भीमेश्वर महादेव मन्दिरको गहना घरमा रहेका गरगहना सुरक्षित स्थानमा सार्नेक्रममा १ हजार ७१ वर्ष पुरानो ‘गदा’ फेला परेको छ ।भूकम्प गएको दुई महिनापछि भीमेश्वर मन्दिरका गहनाहरु घरेलु तथा साना उद्योग विकास समितिको भवनमा सार्नेक्रममा उक्त गदा फेला परेको हो ।दुईओटा कोठामा भन्डारण गरिएको र तीन छुट्टाछुट्टै निकायले लगाएको साँचो काटेर गहना स्थानान्तरण गर्नेक्रममा १ हजार ७१ वर्ष पुरानो गदा भेटिएको पुरातत्व विभागका प्राविधिक सहायक भीष्म बास्कोटाले जानकारी दिए ।गदाको ताम्र लेखमा ‘यें सम्वत् ६४ लेखिएको’ पाइएको बास्कोटाले बताए । त्यस्तै, ‘यें सम्वत् ८० लेखिएको आरती पनि भेटिएको’ र आरती १ हजार ५५ वर्ष पुरानो रहेको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार