१ सय ४० भारतीय खसी र ट्रक सशस्त्रकाे नियन्त्रणमा

२०७६ भाद्र ६ गते, शुक्रबार

काठमाडौं, ६ भदौ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले १ सय ४० वटा खसीसहितकाे ट्रक नियन्त्रणमा लिएकाे छ ।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर काठमाडाैँतर्फ लैजान लागेकाे ना ६ ख ९४९२ नं काे साे ट्रकसहित १ सय ४० वटा खसी प्रहरीले नियन्त्रणमा लिएकाे हाे । गुलरिया नगरपालिका १२ स्थित टेशनपुरबाट नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएकाे सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरिक्षक यादव विश्वकर्माले बताए । पछिल्लाे समयमा तस्करहरुले बर्दियाबाट बिनाभन्सार भारतीय खसीहरू छिराएर काठमाडाैँसम्म पुर्याउन गरेका छन् । जिल्लास्थित शुरक्षाकर्मीहरूले पक्राउ गर्ने गरेकाे भए पनि गुलरियास्थित भन्सार कार्यालयले भने अवैध खसी पनि कागजी प्रकृया मिलाएर छाेड्ने गरेकाे छ । सुरक्षा निकायले अवैध भन्दै पक्राउ गर्ने र भन्सारले छाेड्ने गरेपछि भन्सारकाे काममा समेत प्रश्नचिन्ह खडा भएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु