१ अर्ब इमेलको ठेगाना र पासवर्ड चोरी

२०७१ श्रावण २२ गते, बिहीबार


काठमाडौ । रसियाको ह्याकर समूहले झण्डै १ अर्ब इमेल ठेगाना तथा पासवर्ड चोरी गरेको खुलासा भएको छ ।अमेरिकाको सुरक्षासम्बन्धी अनुसन्धान गर्ने संस्था होल्ड सेक्युरिटिले रसियाका ह्याकरले ४ लाखभन्दा बढी बेभसाइटबाट सूचनासमेत चोरी गरेको दाबी गरेको बिबिसीले जनाएको छ ।
सूचना चोरीको यो घटना अहिलेसम्मकै सबैभन्दा ठूलो भएको कम्पनीले जनाएको छ । विश्वका ठूलादेखि साना कम्पनी तथा वेवसाइट पनि ह्याकरको निशानामा परेका छन् । ह्याकरहरुले चोरी गरेका गोप्य सूचना नबेचेपनि सामाजिक सञ्जालमा खराबी ल्याउन प्रयोग गर्ने र यसबापत पैसा लिने गरेको होल्ड सेक्युरिटीले जनाएको छ- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु