कोरोना संक्रमितको संख्या १६,५ ३१ पुग्यो !

२०७७ असार २५ गते, बिहीबार

काठमाडौं, २५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा १०८ जनामात्र नयाँ संक्रमित थपिएसंगै कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको बताएका छन । पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ५ जना आइसोलेसनमा रहेका छन् । पाँच जिल्ला धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ्ग र हुम्ला कोरोनामुक्त भएका छन् ।अहिलेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार