१४ महिनादेखि तलव नपाए पनि काम गर्ने सरकारी कर्मचारी !

२०७४ चैत्र ८ गते, बिहीबार

काठमाडौं, ८ चैत । तलव नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् ।
यति कर्तव्यनिष्ठ कर्मचारी कहाँ होलान् ?
यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार विभाग ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दी बढी भएका १६ कर्मचारीलाई ६ देखि १४ महिनासम्मको तलव दिइएको छैन । तर पनि कर्मचारी गुनासो नगरी खुरुखुरु काम गरिरहेका छन् ।
यतिलामो समयसम्म तलव नपाउँदा पनि कर्मचारी किन काम गरिरहेका छन् त ? निमित्त कार्यालय प्रमुख प्रेमबहादुर देसार भन्छन्, ‘यो त बाध्यता हो ।’
कार्यालय प्रमुख देसारका अनुसार स्थानीय तहमा खटाइएका कर्मचारी पनि सरुवा बदर गराएका फर्किएका छन् । ‘केही कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा गरेर यहाँ नयाँ कर्मचारी पठाएको थियो,’ उनले भने, ‘सामान्यले पठाएका नयाँ पनि आए र सरुवा गरिएका पुराना पनि फर्किए । त्यसो हुँदा धेरै कर्मचारी भएका हुन् ।’ देसारका अनुसार कार्यालयबाट स्थानीय तहमा गरिएको कर्मचारीको सरुवा सचिव मोहनकृष्ण सापकोटाले बदर गराइदिएका थिए । यसरी काज सरुवा गरेर आएका कर्मचारी तीन महिना अवधि सकिएपछि पनि नफर्किएको कार्यालयले जनाएको छ ।
यसकारण गुनासो नगरी काम गर्छन् –
वैदेशिक रोजगार कार्यालयमा गैरकानूनी आर्थिक स्रोत गतिलो हुने भएकाले कर्मचारी अन्यत्र जान मान्दैनन् । राजनीतिक दबाबका कारण त्यहाँ बढी भएका कर्मचारीलाई अन्यत्र खटाउन नसकिएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार