१३ वर्षिय बालक ‘क्वाडकप्टर’ बनाएर उडाउन सफल

२०७१ चैत्र ४ गते, बुधबार

काठमाडौँ । बागलुङ नगरपालिका–१ रामरेखास्थित सिद्धार्थ शिक्षा सदनमा कक्षा ८ मा अध्ययनरत १३ वर्षिय विद्यार्थी रिवाज श्रेष्ठले ‘क्वाडकप्टर’ बनाएर उडाउन सफल भएका छन् । । चर्चित हिन्दी फिल्म थ्री इडियटस्बाट प्रभावित भएपछि प्रविधिको क्षेत्रमा लागेको बताउने श्रेष्ठले विभिन्न सामानहरुको प्रयोग गरी चार पंखे क्वाडकप्टर बनाएका हुन् ।
यसमा ११ सय केबीको मोटर पंखा प्रयोग भएका छन् । चार महिना समय खर्चिएर बनाएको क्वाडकप्टर ३० मिटर उचाईसम्म उड्न सक्ने रिवाज श्रेष्ठले बताए । क्वाडकप्टरमा प्लाष्टिक सामाग्री, व्याट्री, ईएससी, फ्लाइट कन्ट्रोलर, रिसिभर, पावर कन्ट्रोलर लगायतका सामाग्री प्रयोग गरिएको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले क्वाडकप्टरमा टेलिभिजनमा लाइभ टेलिकाष्ट गर्न मिल्ने एफईबि क्यामेरा समेत जडान गरेका छन् । कन्ट्रोलरबाट क्वाडकप्टरलाई उडाउन र ल्यान्डिङ गरिने श्रेष्ठले बताए ।

यसअघि रोबर्ट, मिनी हाइड्रोपावर परियोजना, इलेक्ट्रिकल कार, सोलार हेट फ्यान बनाएका रिवाजले आगामी दिनमा अझै नयाँनयाँ अनुसन्धान गर्ने बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार