११ र १२ कक्षाको परीक्षा सर्दैन

२०७२ जेष्ठ ९ गते, शनिबार

काठमाडौं,९ जेठ ।उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा अब सार्न नसकिने जनाएको छ । परिषद्का सदस्य सचिव नारायण कोइरालाले तोकिएको समयमै परीक्षा हुने बताए । अहिले परीक्षा नलिँदा केही दिनपछि मौसमका कारण समस्या हुने भएकाले पनि जेठ २० गतेदेखि कक्षा १२ को परीक्षा लिने उनले बताए ।त्यसको लागि अहिले जिल्ला शिक्षा अधिकारी, प्राविधिक टोलीसँग मिलेर परिषद्ले परीक्षा लिने भवनको जाँच गरेकाले नआत्तिकन परीक्षामा सहभागी हुन उहाँले सबैलाई आग्रह गरे । अहिले परीक्षा नलिए शैक्षिक सत्र नै प्रभावित हुने उनको भनाई छ । परिषद्का सदस्य सचिव कोइरालाका अनुसार भूकम्पबाट बढी प्रभावित सिन्धुपाल्चोक, गोरखा, दोखला, धादिङ, नुवाकोट, रामेछाप र काभ्रेको परीक्षा भने स्थगित गरिएको छ । प्रभावित ठाउँको र अहिले परीक्षा हुन लागेको परीक्षाको परीक्षाफल भने एकैपल्ट गर्ने तयारीमा परिषद् रहेको उनले बताए ।
कक्षा १२ को परीक्षा आउँदो २० गतेदेखि र ११ को परीक्षा असार १ गतेदेखि हुनेछ । यसअघि बैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण वैशाख २० गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा र १ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा स्थगित गरिएको थियो । यसअघि सार्वजनिक गरिएको तालिका अनुसार नै परीक्षा हुने परिषद्का सदस्यसचिव कोइरालाले जानकारी दिए ।

प्रतिक्रियाहरु