११ रुपैयाँको काउली १४० मा विक्रि !

२०७४ कार्तिक २७ गते, सोमबार

काठमाडौं, २७ कात्तिक । मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट प्रतिकिलो झन्डै ११ रूपैयाँसम्म छिरेको काउली राजधानीमा १ सय ४० रुपैयाँ पुगेको फेला गरेको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार राति कालिमाटी बजारमा छापा मार्दा व्यवसायीले तरकारी प्रतिकिलो साढे ११ रुपैयाँमा खरिद गरेको फेला पार्यो ।
एनएसवी ट्रेड एन्ड सप्लायर्सले काँकडभिट्टाबाट ल्याएको काउली, भिन्डी, परवल, भेन्टा प्रतिकिलो मूल्य ११ रुपैयाँ ५० पैसाको दरले ७ हजार ५ सय किलो खरिद गरेको थियो । सोही दिन कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रतिकिलो काउलीको होलसेल मूल्य ७५ रुपैयाँ भिन्डी १ सय रुपैयाँ, परवल ७० र भेन्टा ६५ रुपैयाँ तोकेको थियो ।
होलसेल मूल्यमा ७५ रुपैयाँ पुग्दा खुद्रा बजारमा काउलीको मुल्य १ सय ४० रुपैयाँसम्ममा विक्रि भएको छ। विभागले उपलब्ध गराएको विवरणअनुसार स्थानीय बजारमा व्यवसायीले प्रतिझोला २५ रूपैयाँमा काउली र २० रुपैयाँ रायो साग खरिद गदै आएका छन्। – कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु