११ जना फुटबलप्रेमीलाई मृत्युदण्डको सजाय

२०७२ बैशाख ७ गते, सोमबार

काठमाडौँ , ७ बैशाख । इजिप्टको एक अदालतले सन् २०१२ भएको फुटबल प्रतियोगिताका क्रममा भएको हिंसामा संलग्न रहेको आरोपमा ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। उक्त हिंसामा ७२ जना मारिएका थिए । तीन वर्षअघि फेब्रुअरी २०१२ मा अल एहली र अल मैसी क्लवबीच भएको प्रतियोगिताका क्रममा हिंसा भएको थियो । उक्त हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले ७३ जनालाई पक्राउ गरेको थियो ।
यसमा ९ जना सुरक्षा अधिकारीसमेत छन् । उक्त घटनामा ७२ जनाले ज्यान गुमाएका थिए । घटनामा करिब ए कहजार बढी फुटबल प्रेमी घाइते भएका थिए ।
पोर्ट सेड क्रिमिनल कोर्टले मृत्युदण्डको सजाय दिनुअघि धर्मगुरुसँग यस विषयमा राय मागेको थियो । इजिप्टमा कसैलाई मृत्युदण्ड दिनुअघि धार्मिक संस्थाहरुसँग सल्लाह दिनुपर्ने व्यवस्था छ।
जनवरी २०१३ मा २१ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो भने पाँच जनालाई जन्मकैदको सजाय सुनाइएको थियो । यसअघि २०१४ मा आरोपीको तर्फबाट अपिल दायर भएपछि मुद्दामा पुनः सुनुवाई सुरु गरिएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु