१० लाख थान मास्क बरामद

२०७६ चैत्र ५ गते, बुधबार

काठमाडौं, ५ चैत । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सानोभर्‍याङबाट दश लाख थान मास्क बरामद गरेको छ । टोलीले गोरखाका युवराज न्यौपानेलाई १० लाख थान मास्कसहित पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । बजार मूल्यभन्दा बढीमा बेच्न खोजेको सूचना आएकाले न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । कोरोना भाइरसका कारण बजारमा मास्कको माग बढेकै बेला ठूलो मात्रामा गोदाम गरी राखेकाले कालोबजारी गर्न खोजेको आशंका प्रहरीको छ ।
दीप ओभरसिजका सञ्चालकसमेत रहेका न्यौपानेले प्रतिमास्क २० देखि ३० रुपैयाँमा बिक्री गर्न मोलमोलाई गरिरहेका समयमा नियन्त्रणमा लिएको दावी प्रहरीको छ । चीनबाट सिधै आयात गरेका न्यौपानेले २४ लाख मास्क बेचिसकेको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । न्यौपानेमाथि कालोबजारी ऐनअनुसार कार्वाही अगाडी बढ्ने पनि न्यौपानेले बताए । चीनमा ३ रुपैयाँ पर्ने मास्कलाई नेपालमा ५ रुपैयाँमा खुद्रा मूल्य पर्ने गरेको छ । तर न्यौपानेले २० देखि ३० रुपैयाँमा बेच्ने गरेको दावी प्रहरीको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु